म्यान्चेष्टर युनाइटेड घरेलु मैदानमै उल्भससँग पराजित

काठमाडौं । इंगलिस प्रिमियर लिगको गएरातीको खेलमा आफ्नै घरेलु मैदानमा म्यान्चेष्टर युनाइटेडले उल्भर ह्यामटन वान्डरर्ससँग पराजय ब्यहोरेको छ ।
म्यान्चेष्ट युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा उल्भसले म्यानयूलाई १–० ले पराजित गरेको हो । उल्भसका लागि जोआओ मौटिनोले खेलको ८२ औं मिनेटमा गोल गरे ।
मौटिनोको एक मात्र गोल म्यानयूलाई पराजित गर्न सहज बन्यो । उल्भसले सन् १९८० पछि पहिलो पटक ओल्डट्राफोर्डमा जित निकालेको हो ।
उल्भ्ससँग पराजित म्यानयू १९ खेलबाट ३१ अंक जोड्दै सातौं स्थानमा रहेको छ भने उल्भ्स बराबरी खेलमा २८ अंकका साथ आठौं स्थानमा उक्लिएको छ ।
प्रिमियर लिगमा २१ खेल खेलेको म्यान्चेष्टर सिटी ५३ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने चेल्सी बराबरी खेलमा ४३ अंकका साथ शीर्ष दोस्रो स्थानमा छ । चेल्सीका लागि लिभरपुल चुनौति बनेको छ । लिभरपुलले २० खेलमा ४२ अंक जोडेको छ ।


















पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग
अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो
गोरखामा चट्याङ लागेर युवकको मृत्यु
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया