एमाले एक्लैले सत्तारुढ गठबन्धनलाई हरायो

नवलपुर । नवलपरासीपूर्वको देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा भएको निर्वाचनमा नेकपा एमाले एक्लैले सत्ता गठबन्धनलाई पराजित गरेको छ ।
खानेपानी संस्थाको आठौं अधिवेशन अन्तर्गत भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार खिमानन्द भुसालले गठबन्धनको प्यानललाई पराजित गरेका हुन् ।
खानेपानी संस्थाको निर्वाचनमा सहमतिको प्रयास असफल भएपछि एमाले एक्लै र गठबन्धनले संयुक्त प्यानल बनाएर चुनाव लडेका थिए ।
एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार भुसालले नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनका उम्मेदवार नारायणप्रसाद पौडेललाई पराजित गरे ।
एमालेका उम्मेदवार भुसालले गठबन्धनलाई ५ सय ५९ मतको फराकिलो अन्तरले हराएका छन् । भुसालले २ हजार ४ मत प्राप्त गर्दा पौडेलले १ हजार ४ सय ४५ मत प्राप्त गरे ।
सचिव पदमा भने संयुक्त गठबन्धनका इन्द्रमणि भुसालले जितेका छन् । उनले कुल १ हजार ६ सय ९९ मत ल्याई सूर्यप्रसाद न्यौपानेलाई २१ मतान्तरले पराजित गरे ।
लेखा समिति संयोजकमा रत्ना भुसाल १ हजार ८ सय ६ मतका साथ बिजयी भइन । उनका प्रतिद्वन्द्वी गठबन्धनका लिलाधर अधिकारीले १ हजार ५ सय ५३ मत ल्याए ।
प्रगतिनगर खानेपानीमा देवचुली नगरपालिकाको १० देखि १५ सम्मका ६ वटा वडाका नौ वटा ब्लक समेटिएको छ ।
निर्वाचनमा ३ हजार ५ सय ४९ मत खसेकोमा एमालेले २, ४, ५, ७, ८ र ९ वटा ब्लकमा जित हात पारेको छ ।
अध्यक्ष, सचिव, लेखा समिति संयोजक र दुई सदस्य तथा नौ वटा ब्लक सदस्यसहित १४ पदमा भएको निर्वाचनमा एमालेले अध्यक्ष र लेखासमिति संयोजकसहित १० पदमा जित निकाल्दा गठबन्धनले सचिवसहित १, ३ र ६ नम्बर ब्लक गरी ४ पदमा मात्रै जित हात पारेको छ ।
निर्वाचन समितिका संयोजक जीवलाल श्रेष्ठकाअनुसार खानेपानी संस्थाको निर्वाचनमा कुल ३ हजार ५ सय ४९ अर्थात् ७०.३२ प्रतिशत मत खसेको थियो ।
















धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा
सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
नेपाल ‘ए’सँग स्कटल्यान्ड पराजित
स्वास्थ्य प्रतिष्ठानहरूमा निमित्त निर्देशक नियुक्त
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया