कपिलवस्तुमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार जना घाइते
मेरोन्यूज
२०७८ पुष २० गते ११:११

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका– ३ बनगाईमा ट्याक्टर पल्टिँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ । लु ४ त २४०२ नम्बरको ट्याक्टर मंगलबार बिहान ७ बजे दुर्घटना भएको थियो ।
मृत्यु हुनेमा स्थानीय ४८ वर्षीया शिवकुमारी थारू र १६ वर्षिया फुलकुमारी थारू रहेकी इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ । बलराम सुनार, कृष्ण विक, सरिता थारू र सीमा थारू घाइते भएका र बलरामको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक लीलाराम आचार्यले बताए ।
बालुवा लिनको लागि मजदुर लिएर बुद्धभूमि ४ बुड्ढी जाने क्रममा सडकदेखि करिब ५ मिटर तल खसेर दुर्घटना भएको हो ।
सम्बन्धित















कीर्तिपुरमा युवकको हत्या
उद्योग वाणिज्य महासंघको अध्यक्षमा श्रेष्ठ
११ सहसचिवको सरुवा, काे कहाँ? (सूचीसहित)
झापामा कलेज बस दुर्घटना हुँदा ४ जना घाइते
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया