राष्ट्रियसभा निर्वाचन
राष्ट्रियसभामा कांग्रेसः कुन प्रदेशमा कुन गुटका उम्मेदवार ?

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यमा सात प्रदेशमा ६ प्रदेशको उम्मेदवारहरुको टुंग्याएको लगाइसकेको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले राष्ट्रियसभा सदस्यमा प्रदेश २ बाहेक ६ जना उम्मेदवारहरुको नाम टुंग्याएको लगाइसकेको थियो ।
कुन प्रदेशमा को निकट ?
कांग्रेस प्रदेश १ राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बनेका गोपालकुमार बस्नेत । उनी झापाका पुराना कांग्रेस नेता हुन् भने उनी देउवा निकट नेता मानिन्छन् ।
वि.स.२०७४ सालमा देउवा नेतृत्वको मन्त्रिपरिषदले राष्ट्रियसभा सदस्यमा सिफारिस गरे भए पनि केपी शर्मा ओली नेतृत्वको सरकारले सो निर्णय फिर्ता लिएको थियो ।
कृष्णप्रसाद पौडेल वागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि कांग्रेसको उम्मेदवार बनेका छन् । पौडेललाई १३ आंै महाधिवेशनमा सभापति शेरबहादुर देउवाले पार्टी मुख्यसचिवमा नियुक्त गरेका थिए । देउवाले दोस्रो कार्यकाल सुरु भए पनि नयाँ मुख्यसचिव नियुक्त गरेका छैनन् । गत मंसिरमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशन प्रतिनिधिमा पराजित भए । भने उनी देउवाका विश्वास पात्र हुन् ।
लुम्बिनी प्रदेशबाट कांग्रेस उम्मेदवार बनेका युवराज शर्मा बाँके कांग्रेसका पूर्वसभापति हुन् । उनी देउवा निकट हुन् ।
कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार दुर्गा गुरुङ बनेकी छिन् । दुर्गा शहीद पत्नी पनि हुन् । २०४९ सालमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा उपमेयरको प्रत्यासी रहेका दुर्गाका श्रीमान् यज्ञ गुरुङ माओवादी युद्धका क्रममा मारिएका थिए ।
त्यसैगरी, गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार गोरखाकी कमला पन्त बनेकी छिन् । कमला कांग्रेसको १४ औं महाधिवेशनमा डा. शेखर कोइरालाको प्यानलबाट सहमहामन्त्रीमा पराजित बनेकी थिइन् । उनी रामचन्द्र पौडेल निकट हुन् । कमला कांग्रेसको पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री तथा संविधानसभा सदस्यसमेत हुन् ।
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्य उम्मेदवार बनेका नारायणदत्त मिश्र बनेका छन् । उनी कैलाली कांग्रेसका पूर्व सभापति हुन् । उनी १४ औं महाधिवेशनमा संस्थापन इतर पक्षबाट प्रदेश सभापतिमा प्रतिपष्पर्धामा थिए ।
मिश्रलाई देउवा समूहका वीरबहादुर बलायरले पराजित गरेका थिए । उनी रामचन्द्र पौडेल र शेखर कोइराला निकट नेता मानिन्छन् । प्रदेश २ को सीट जसपाले पाएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातै प्रदेशका निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारहरूले आज उम्मेदवारी दर्ता गर्दैछन्।
बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने चुनावी कार्यतालिका छ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।
















पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
कैलालीका ४० युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
‘Former PM Adhikari’s dedication unparalleled’
वीरगञ्जमा गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया