राष्ट्रियसभा निर्वाचन
राष्ट्रियसभा निर्वाचन : एमालेलाई झिनो आशा प्रदेश १ मा मात्रै
राप्रपा, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च र स्वतन्त्र एक सांसदको मत निर्णायक

काठमाडौं । कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायत दलहरुको संयुक्त गठबन्धन बनेयता संघदेखि प्रदेश सरकारसम्म गुमाएको एमालेलाई अव राष्ट्रिय सभा निर्वाचनमा समेत ‘क्लिन स्वीप’ गर्ने सत्ता गठबन्धनको तयारी छ । त्यही रणनीतिका आधारमा माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा सत्ता गठवन्धनले एमालेलाई एक्लाउँदै सातै प्रदेशमा गठबन्धन निर्माण गरेर उम्मेदवारी दिएका छन् ।
सातै प्रदेशमा गरी रिक्त राष्ट्रियसभाको १९ पदमा हुन लागेको निर्वाचनमा एमालेलाई अन्यत्र प्रदेशको चुनावमा अव भर छैन । तर झिनो आश भने प्रदेश १ मा छ ।
प्रदेश सभाका सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुख (अध्यक्ष/उपाध्यक्ष) मतदाता रहेको यो प्रदेशमा मात्रै एमाले गठवन्धन भन्दा केही मात्रामा वलियो देखिएको कारण उसलाई झिनो आश छ । तर संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८र स्वतन्त्र एक सांसदको मत निर्णायक हुने भएपछि उनीहरुले के गर्छन् ? भन्नेमा नै यो प्रदेशको चुनावी परिणाम आंकलन गर्न सकिने पनि विश्लेषण हुन थालेको छ ।
यो प्रदेशमा ३ पदका लागि चुनाव हुँदैछ । प्रदेश १ मा अपांगता भएका वा अल्पसंख्यक समुदायका १, महिला १ र अन्य समूहबाट प्रतिनिधित्व गरेका राष्ट्रिय सभाका एक सदस्यको पद रिक्त हुँदै छ । अल्पसंख्यकमा यसअघि निर्वाचित अगमप्रसाद बान्तवा राई, महिलामा नैनकला ओझा र अन्य समूहबाट परशुराम मेघी गुरुङको चार वर्षे कार्यकाल फागुन २० मा सकिदैछ ।
तर कार्यकाल सकिनु ३५ दिन अगाडी नै निर्वाचन गराईसक्नुपर्ने कानुनी ब्यवस्थाका आधारमा माघ १२ मा निर्वाचन हुँदैछ । त्यसका लागि आज उम्मेदवारी मनोनयन दर्ताको कार्यतालिका निर्वाचन आयोगले बनाएको छ ।
को -को छन् उम्मेदवार ?
कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र राष्टिय जनमोर्चाले संयुक्त रुपमा उम्मेदवारी दिएका छन् । एमालेको भने एक्लै उम्मेदवारी छ ।
सत्ता गठवन्धनले महिलामा जयन्ती राई (नेकपा एकीकृत समाजवादीकी नेतृ), अन्यमा गोपालकुमार बस्नेत (कांग्रेस) र अल्पसंख्यकमा हेमराज राई (जनता समाजवादी)लाई उम्मेदवार बनाएको छ । एमालेले भने अन्यमा देवराज घिमिरे (झापा),महिलामा सुमित्रा भण्डारी (झापा) र अल्पसंख्यक सोनाम गेल्जन शेर्पा (सोलखुम्वु) लाई उम्मेदवार बनाएको छ ।
एमाले उम्मेदवार घिमिरे एमालेभित्रका पूराना नेता हुन् । उनी नेकपा कालमा प्रदेश १ का अध्यक्ष पनि थिए । उनी पार्टीको उपाध्यक्षको आकांक्षी थिए । तर ओलीले सर्वसम्मत पदाधिकारी चयनको प्रयास गरेपछि र उनको नाम नसमेटेपछि उनी उपाध्यक्ष हुने रहर त्यक्तिकै विसाउर चितवनवाट झापा फर्केका थिए । महिला उम्मेदवार रहेकी सुमित्रा सुवेदी भण्डारी ओली प्रधानमन्त्री हुादाका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईकी सासु आमा हुन् ।
झापाको दमकमा उनी ओलीकी छिमेकी पनि हुन् । उनी दमकमा एक औषधी पसले, पुस्तक पसले र स्थानीय इट्टाभट्टा स्कुलकी गुरुआमा भनेर चिनिन्छिन् । ओलीका अर्का स्वकिय सचिव इन्द्र भण्डारीकी काकी र पत्रकार गोपाल खनालकी पनि आफ्नै सासु हुन् ।
उनी डेनमार्कका लागि राजदुत सिफारिस भएकी थिइन ओलीको सरकारका पालामा । त्यस्तै, सोनाम ग्लाजेन शेर्पा सोलखुम्वुका हुन् । उनी पर्यटन ब्यवासायी हुन् । टानमा कोषाध्यक्ष सम्मको उम्मेदवार भएका शेर्पा स्माइल फर होप फाउन्डेसनका अध्यक्ष, सगरमाथा सरोकारका महासचिव, जुभिङ शेर्पा समाजको महासचिव सम्म हुन् ।
सत्ता गठवन्धनका उम्मेदवार बस्नेत भने झापाका पुराना कांग्रेस नेता हुन् । उनी देउवा निकट नेता मानिन्छन् । वि.स.२०७४ सालमा देउवा नेतृत्वको मन्त्रिपरिषदले राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको भए पनि केपी शर्मा ओली नेतृत्वको सरकारले सो निर्णय फिर्ता लिएका कारण उनी त्यसवेला राष्टिय सभा सदस्य हुनवाट रोकिएका थिए ।
त्यस्तै सत्ता गठवन्धनकी महिल तर्फकी उम्मेदवार जयन्ती राई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीकी नेतृ हुन्। नेपालकै पहिलो महिला जिविस उपसभापति समेत भइसकेकी टिन राई । त्यस्तै जसपाले भने हेमराज राईलाई अल्पसंख्यकवाट उम्मेदवार बनाएको छ ।
प्रदेश नम्बर १ मा गाउँपालिका तथा नगरपालिका स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरेर २ सय ७२ जना मतदाता रहेका छन् । यस्तै ९२ जना प्रदेश सभा सदस्य रहेका छन् । प्रदेश १ मा ९ हजार ३ सय ४८ मतभार रहेको छ ।
को वलियो छ ?
राष्ट्रियसभा सदस्यको निर्वाचनमा गाउँपालिका र नगरपालिकाका प्रमुख–उपप्रमुख तथा प्रदेशसभा सदस्यले मतदान गर्न पाउँछन् । राष्ट्रिय सभा निर्वाचन ऐनमा प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका प्रमुख र उपप्रमुखको मतदार १८ निर्धारण गरिएको छ । यही मतभारका आधारमा निर्वाचन आयोगको अध्यावधिक तथ्यांकअनुसार प्रदेश १ मा सत्ता गठबन्धनको मतभार ४ हजार ४ सय ६४ छ भने एमालेको ४ हजार ५ सय ४२ छ । साना पार्टीको मतभार ३ सय ४२ छ । प्रदेश सदस्य टंक आङबुहाङले दल त्याग गरेपछि त्यो पदमा अर्को व्यक्ति निर्वाचित भइसकेको छैन ।
नेकपा एमाले यो प्रदेशमा पहिला आफैमा वहुमत थियो । अन्य सवै दल मिल्दा सम्म यो प्रदेशमा एमालेलाई कसैले पाखा लगाउन सक्ने अवस्थामा थिएन । तर एमालेमा आएको विभाजनले एमालेलाई कमजोर बनाईदिएको छ । तर पनि सत्ता गठवन्धन दलहरुसँग अहिले रहेको मतभार भन्दा झिनो वढी नै मतभार एमालेसँग रहेको छ ।
त्यही झिनो मतभारकै आधारमा सत्ता गठवन्धनले ‘क्लिन स्वीप’ गर्न खोजेको तयारीमा व्रेक लगाउने योजनामा एमाले छ । तर निर्णायक मानिएको राप्रपा २ सय १०, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८ र स्वतन्त्र एक सांसदको मत निर्णायक बन्न सक्ने देखिन्छ । त्यसलाई फकाउने रणनीतिमा सत्ता गठवन्धन छन् ।
सत्ता गठवन्धन भन्दा ७८ मतभार वढी रहेको एमालेले राप्रपाको २ सय १०, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८ र स्वतन्त्र एक सांसदको ४८ मतभार रोक्ने र आफनो पक्षको मत मात्र रोक्न सक्यो भने पनि झिनो मतले जित्न सक्नेछ । अन्यथा सत्ता गठवन्धनले निर्णायक मानिएका राप्रपा, संयुक्त लोकतान्त्रिक राष्टिय मञ्च र स्वन्तन्त्रको मत पनि तान्ने र आफुहरुसँग रहेको मत जोगाउन सक्यो भने एमालेलाई प्रदेश १ मा पनि पाखा लगाउँदै ‘क्लिन स्वीप’ गर्न सक्ने सम्भावना देखिएको छ ।
अन्य प्रदेशमा सत्ता गठवन्धन प्रष्ट वहुमतमा देखिएपनि यो प्रदेशमा हुने निर्वाचन भने रोचक देखिने भएको छ ।
















फलामखानीको थप अनुसन्धान गरिँदै
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
कैलालीका ४० युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
‘Former PM Adhikari’s dedication unparalleled’
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
प्रतिक्रिया