यी उम्मेदवार, जसको नाम समानुपातिक बन्दसूचीबाट हटाइयो

काठमाडौं । राष्ट्रियसभा सदस्य पदका लागि मनोनयन दर्तासँगै निर्वाचन आयोगले प्रतिनिधिसभाको बन्द सूचीमा रहेका ८ उम्मेदवारको नाम हटाएको छ ।
२०७४ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा पेश भएका नेकपा (माओवादी केन्द्र)का चार, जनता समाजवादी पार्टीका २ तथा नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको एक एक जनाको नाम निर्वाचन आयोगले बन्दसूचीबाट हटाएको छ ।
माओवादी केन्द्रका सुरेशकुमार आलेमगर, जगत पार्की, मुक्तिनारायण प्रधान र नारायणप्रसाद दाहालको नाम बन्दसूचीबाट हटाइएको छ ।
यस्तै, साविक संघीय समाजवादी फोरमबाट बन्दसूचीमा पेश भएको जनता समाजवादी पार्टीका प्रकाश अधिकारी र मोहम्मद खालिदको नाम पनि मंगलबार नै आयोगले बन्दसूचीबाट हटाएको छ ।
यसैगरी, नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पा र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्माको नाम पनि बन्दसूचीबाट हटाइएको निर्वाचन आयोगका शाखा अधिकृत नवराज विष्टले जानकारी दिए ।
राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरिएपछि ती आठ जनाको प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा रहेको नाम हटाइएको निर्वाचन आयोगले जनाएको छ ।















यस्तो छ आज तरकारीको थोक मूल्य
बालेनको हतारो :नियुक्त नहुँदै बनाए ‘प्रधानमन्त्री’को इमेल !
आजको मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया