प्रधानमन्त्री देउवाले भाषण गर्दैगर्दा ‘नो एमसीसी’को प्लेकार्ड देखाउने को हुन् ?

सुनसरी । मंगलबार धरान स्थापना दिवस कार्यक्रमको उद्घाटनमा पुगे, प्रधानमन्त्री शेरबहादुर देउवा । दिवसका अवसरमा धरान उपमहानगरपालिकाले सार्वजनिक बिदा नै दिएको थियो ।
जब प्रधानमन्त्री देउवा ’धरान डे’ कार्यक्रमलाई सम्बोधन गर्न पब्लिक हाई स्कुलको मञ्चमा उक्लिए । मञ्च अगाडि फरक दृश्य देखियो ।
एउटा हातमा नेपालको झण्डा अनि अर्को हातमा प्ले कार्ड । झण्डामा लेखिएको थियो– शुम्भ रक्षक नै निशुम्भ भक्षक अनि प्ले कार्डमा ‘गुम्नेछ नेपाल आमा’ शीर्षकको कविता । त्यही कविताको एक लाइनमा थियो ‘नो एमसीसी’
कवितामा लेखिएको थियो
हे धर्ती माँ सुपुत्र गतिलो बिस्यौ कि जन्माउन ?
एमसीसीले तान्दा ती फरिया, ताली झोले ठोक्नेछन् ।।
कानुन नै निब बेच्छ कलमको, न्याय त्यहाँ मर्दछ ।
रक्षक नै छ विदेशी भतुवा, दासत्व स्वीकार्दछ ।।
देशभन्दा ठूलो पार्टी देख्ने, अन्ध दृष्टि फुटाऊ ।
स्वयं आफ्नै चुरासारी, कुलाङ्गारलाई घेराउ ।।
तिम्रा पुत्र रिपु भगत भए, पिउँछन् तिम्रै रक्त ।
छाती तिम्रा परेड खेल्न, आउँछन् विदेशी धूर्त ।।
अर्काकै भरमा चल्छौ यदि भने, के काम तिम्रो यहाँ ?
आर्यघाट बल्दा चिता दनदनी, चित्कार सुन्नु त्यहाँ ।।
बालुवाटार लम्पसार भए, बिक्री गरे सब गरिमा
न गानधारी बन न धृत राष्ट्र, गुम्नेछ नेपाल आमा
कपाल सेतै फुलेका, उमेरले पाको देखिने ती व्यक्ति हुन् धरान उपमहानगरपालिका–७ का बासु चालिसे । ६६ वर्षीय चालिसे अमेरिकाले नेपाललाई दिने मिलेनियम च्यालेन्ज कर्पोरेशन अनुदान (एमसीसी) संसदबाट पास गर्न नहुने भन्दै विरोधमा आएका हुन् ।
एमसीसी देशको हितविपरीत रहेको भन्दै उनले देश निर्माणमा लागेका रक्षक नै भक्षक भएको र जनता जाग्नुपर्ने बताए ।
एमसीसीको विषय बाहिर आएदेखि करिब डेढ वर्ष अगाडिदेखि उनी झण्डा र कविता लेखिएको प्ले कार्ड लिएर हिँडिरहेका हुन् । झण्डाको अर्को पट्टी राहु र केतु लेखिएको छ । जसको अर्थ चन्द्रमा र सूर्यमा ग्रहण लागि सक्यो भन्दै देशलाई जोगाउनु पर्ने चालिसे बताउँछन् ।
तर, उनले प्रधानमन्त्री देउवालाई देखाउन लागेको प्लेकार्ड र झण्डा सुरक्षाकर्मीले खोसेका थिए । उनी यसअघि नेपाल बैंकमा जागिरे थिए । (न्युज कारखाना)















इराकस्थित अमेरिकी दूतावासमा क्षेप्यास्त्र प्रहार
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रविको निर्देशनपछि आइतबारका लागि सारियो रास्वपा सचिवालय बैठक
लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया