भोलिको संसद बैठक पनि स्थगित
मेरोन्यूज
२०७८ पुष २१ गते १३:२९

काठमाडौं । प्रतिनिधिसभाको विहीबार बस्ने तय भएको बैठक स्थगित भएको छ । विहीबार दिउँसो १ बजेका लागि बैठक निर्धारण गरिएको थियो ।
संघीय संसद सचिवालयले बुधबार सूचना जारी गरी विशेष कारणबश बैठक स्थगित गरिएको जनाएको छ ।
स्थगित बैठक आगामी पुस २८ गते बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सभामुख अग्नि प्रसाद सापकोटाले पुस २८ गते दिउँसो १ बजे बस्ने गरी बैठक डाकेको संघीय संसदको महासचिव डा. भरतराज गौतमले सूचना प्रकाशित गरी सांसदहरुलाई जानकारी दिएका छन् ।
यसअघिको बैठक नेकपा माओवादी केन्द्रको महाधिवेशन नसकिएकाले माओवादीको आग्रहमा स्थगित गरिएको थियो ।
संसदको नवौं अधिवेशनदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूहरुले कारबाही गरेका १४ जना सांसद निलम्बनको माग गर्दै संसदमा विरोध गर्दै आएका छन् ।

सम्बन्धित













समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
बाँकेको नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ
साेमबार दोहोरो अंकले घट्याे सेयर बजार, काराेबार कति ?
मेक्सिकोमा रेल दुर्घटना : १३ जनाको मृत्यु, ९८ घाइते
ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया