प्रधानमन्त्री देउवाले गरे विकास निर्माणबारे सचिवहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्वन सम्वन्धमा नेपाल सरकारका सचिवहरूसँग छलफल गरेका छन् ।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री देउवाले विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री भएपछि देउवाले पहिलोपटक सचिवहरूसँग छलफल गरेका हुन् । उनले सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्वनमा सचिवहरूलाई निर्देशन दिएका थिए ।
सरकारको साझा न्युनतम कार्यक्रमको कार्यन्जयन, विकासमा प्राथमिकता र सुशासन प्रवद्र्धन सम्वन्धमा मन्त्री तथा सचिवहरुलाई प्रधानमन्त्री देउवाले दिएका निर्देशनको मुख्य बुदाहरु :
१. जनतालाई दिने सबै सेवा छिटो र छरितो गर्नेगरी सबै तहका कार्यालयहरुलाई चुस्ताव बनाउने ।
२. अत्यावस्यक सेवाहरु जनताको घर दैलोमो पुयाउने सरकारको दायित्व भएकाले सो अनुसार काम गर्ने ।
३. विकास निर्माणका परियोजनाहरुको गति बढाउनका लागि आवस्यक झन्झट हटाउने र कानुनी समस्या भए त्यसमा पनि सुधार गर्ने ।
४. कोभिडको जोखिम कायमै रहेकाले खोप लगाउन योग्य सबै नागरिकलाई खोप लगाउने प्रवन्ध प्रभावकारी रुपमा अघि बढाउने ।
५. कर्मचारीको क्षमता बृद्धि गरेर विकास आयोजनाहरुको कार्यन्वयन पक्षलाई चुस्त बनाउने ।
६. राष्ट्रिय गौरवका आयोजनाहरुको गति सन्तोषजनक नभएकाले प्रभावकारी रुपमा काम गर्नेगरी अनुगमन र मुल्यांकन संयन्त्र बनाउने ।
७. सम्भावित लगानीका क्षेत्रहरु पहिचान गरी निर्यातलाई बढाउनेगरी परियोजनाहरु अघि बढाउने ।
८. स्वादेशी र विदेशी लगानीकर्ताहरुलाई लगानीमा प्रत्साहन गर्न स्वागत र सम्मानको कार्यक्रम अघि बडाउने ।
९. जलविद्युत, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउनेगरी नीति तथा कार्यक्रम ल्याउने ।

















आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
टी–२० विश्वकप : भारतले जिम्बाब्वेलाई दियो २५७ रनको विशाल लक्ष्य
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
अहिले सेटिङमा निर्वाचन सर्वेक्षण सार्वजनिक गरिएका छन् : विष्णु पौडेल
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
क्रिकेटर करण केसीले गरे बिहे
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
प्रतिक्रिया