मोदीको सवारी २० मिनेट जाममा पर्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार पञ्जावको फिरोजपुरमा जाममा परेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार पञ्जावको हुसेनीवालामा राष्ट्रिय शहीद स्मारक भन्दा करिब ३० किलोमिटर पर प्रधानमन्त्री मोदीको सवारी एक फ्लाइओभरमा जाममा परेको हो ।
भारतीय गृहमन्त्रालयले प्रधानमन्त्री १५-२० मिनेट जाममा परेको र यो प्रधानमन्त्रीको सुरक्षामा ठूलो कमजोरी भएको जनाएको छ । कार्यक्रममा सहभागी हुन नपाएपछि उनी विमानस्थल फर्किएका थिए । पञ्जाव कंग्रेसले निर्वाचनदेखि डराएर मोदीलाई कार्यक्रममा जान नदिनका लागि प्रदर्शनकारीलाई सडकमा आउन दिएको र गम्भीर सुरक्षा खतरा टरेको भाजपाले आरोप लगाएको छ ।
तर भारतीय कंग्रेसका प्रवक्ता रणदीप सिंह सुरजेवालाले भने प्रधानमन्त्री मोदीको कार्यक्रम रद्द हुनाको कारण सडकमा र्यालीका कारण नभइ कार्यक्रमका खाली कुर्सी भएको दाबी गरेका छन् । कार्यक्रममा मानिस कम सहभागी भएको थाहा पाएर मोदी फर्किएको उनको दाबी छ ।
















25 people held with drugs from different places
फ्रान्समा चार आप्रवासीको मृत्यु
ओली केही दिन अस्पतालमै रहने
नाडा प्रतिनिधिमण्डल र अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बरालबीच भेटवार्ता
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया