कमेडी क्लब विथ च्यम्पियन्स आउदै
काठमाडौं । हास्य व्यंग्य विधाको नयाँ रियालिटी सो आउने भएको छ । कि इन्टरटेन्मेन्ट र थ्री प्रोडक्सनले संयुक्त रुपमा कमेडी क्लब विथ च्यम्पियन्स नामको हास्य व्यंग्य विधाको नयाँ रियालिटी उत्पादन गरि प्रशारण गर्ने भएका हुन् । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै कि इन्टरटेन्मेन्टले कमेडी क्लब विथ च्यम्पियन्स आगामी माघ महिना देखि हरेक सोमबार नेपाल टेलिभिजनमा प्रशारण गर्न लागेको बताएको छ ।
सोमबार बेलुकी ८ः५० बजे प्रशारण हुने कमेडी क्लब विथ च्यम्पियन्समा कमेडी च्याम्पियन सिजन १ र २ का कलाकारहरुको प्रस्तुति रहने बताइएको छ । कार्यक्रममा मुख्य कलाकारको रुपमा पवन भट्टराई,उमेश राई (फुलन्देकी आमा ), मेक्सम गौडेल,श्रेया सुवेदी,साजन श्रेष्ठ सुमन कार्की र कैलाश कार्की रहने बताइएको छ । हासो र व्यंग्य मार्फत परिवार समाज र आम जनमानसमा मनोरंजन प्रदान गर्ने उद्देश्य कार्यक्रमले लिएको आयोजक संस्था कि इन्टरटेन्मेन्टले बताएको छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
प्रतिक्रिया