२०२२ मा आमा बन्दै यी अभिनेत्रीहरू

काठमाडौं । नयाँ वर्ष सन् २०२२ सुरु भइसकेको छ । वर्षको सुरुवातमा नै बलिउडका फ्यानले सुखद समाचार पाइरहेका छन् । यसमा एउटा प्रमुख सुखद समाचार के छ भने बलिउडका केही अभिनेत्रीहरु यो वर्ष आमा बन्दैछन् । यो सूचीमा टेलिभिजन अभिनेत्री भारती सिंहदेखि दक्षिण भारतीय फिल्म अभिनेत्री काजल अग्रवालसम्म छन् ।
केही दिन अघिमात्र अभिनेत्री काजलका पति गौतम किचलूले सन् २०२२ मा आफूहरू आमाबुवा बन्न लागेको घोषणा गरेका थिए । त्यहीकारण अभिनेत्रीले हालका दिनमा फिल्मको कामबाट छुट्टी लिइसकेकी छन् ।
कमेडी स्टार भारती सिंह पनि गर्भवती छिन् । उनले आगामी अप्रिलमा पहिलो सन्तानलाई जन्म दिँदैछिन् ।
टेलिभिजन अभिनेत्री पूजा बनर्जीको आमा बन्ने तयारी छ । हालैमात्र उनले आफ्नो बेबी बम्प सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् ।
क्रिकेटर हार्दिक पाण्डेकी पत्नी तथा अभिनेत्री नताशा स्तानको विकले पनि क्रिसमसको मौका पारेर आफ्नो बेबी बम्प तस्वीर सार्वजनिक गरेकी थिइन् ।
कन्नड फिल्म अभिनेत्री सञ्जना घलरानी पनि हालका दिनमा गर्भवती छिन् । यो कुराको खुलासा उनले हालै एक मिडियो पोर्टलसँगको कुराकानीमा गरेकी थिइन् ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
प्रतिक्रिया