सर्वोच्चको मुद्दा व्यवस्थापन प्रणाली अवरुद्ध हुँदै, भोलिको पेसीमा पनि समस्या आउन सक्ने
काठमाडौं । सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन प्रणाली बिहीबार अपरान्ह ४ बजेदेखि सेवा अवरुद्ध हुने भएको छ । अदालतको सर्भर अपडेट गर्नुपर्ने भएकाले २२ पुस अपरान्ह ४ बजेदेखि शुक्रबार बिहान ९ बजेसम्म मुद्दा व्यवस्थापन प्रणाली अवरुद्ध हुने लागेको हो ।
अदालतमा प्रयोग रहेको सर्भर अपडेट गर्ने प्रयोजनका लागि बिहीबार अपरान्ह ४ बजेदेखि शुक्रबार बिहान ९ बजेसम्म मुद्दा व्यवस्थापनलगायतका प्रणालीहरुको प्रयोगमा अवरोध आउने भएका जनाउँदै सर्वोच्चले २२ पुसको पेसीमा स्थिति जनाउने लगायतका कार्य अपरान्ह ४ बजेअगावै सम्पन्न गर्ने गरी व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
‘सोही कारणले २३ पुस शुक्रबारसमेत प्रणालीहरुमा केही समस्या आउन सक्ने भएकाले धैर्यता गरिदिनु हुन र लामो समयसम्म समेत प्रणालीमा समस्या भइरहेमा सर्वोच्च अदालतको सूचना प्रविधि शाखामा सम्पर्क गर्न’ अदालतले अनुरोध गरेको छ ।

















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया