कुन कुन संस्थामा छ आरजुको संलग्नता ?

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी डा.आरजु राणा पार्टीमा मात्रै संलग्न छैनन् । उनको संलग्नता सामाजिक संघसंस्थादेखि एनजीओ आएनजीओसम्म छ ।
एनजीओ आइएनजीओदेखि विभिन्न ब्यापारिक घरानासम्म नै आरजुको संलग्नता रहेको समाचारहरु सार्वजनिक भएपछि उनले आफ्नो संलग्नता ब्यापारिक समूहहरुसँग नभएको प्रष्टीकरण दिएकी छन् ।
नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेकी राणाले आफ्नो संलग्नता रहेको संस्थाहरुको बारेमा सार्वजनिक गरेकी छन् ।
राणाले सामाजिक संघसंस्थादेखि एनजीओहरुमा संलग्न रहेको स्वीकार गरेकी छन् । आफ्नो संलग्नता रहेको संस्था र आफ्नो जिम्मेवारीबारे पनि राणाले सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेकी छन् । उनले आफ्नो संलग्नता विभिन्न ६ वटा संस्थामा रहेको बताएकी छन् ।
कांग्रेस नेतृ एवम् देउवा पत्नी राणा सुरक्षित मातृत्व सञ्जाल महासंघको अध्यक्ष छिन् । उक्त संस्थाको संस्थापक रहेकी राणा महासंघको वर्तमान अध्यक्ष हुन् । नेतृ राणा नामी संस्थाको पनि अध्यक्ष छिन् ।
कांग्रेस नेतृ राणा ग्रामीण महिला विकास तथा एकता केन्द्र रुडुक नेपालको संस्थापक अध्यक्ष तथा सल्लाकार रहेको बताएकी छन् ।
यस्तै, आफू साथी नेपालको पनि संस्थापक, पूर्व अध्यक्ष तथा सल्लाहकार रहेको पनि राणाले स्पष्ट गरेकी छन् । राणाले विभिन्न सामाजिक संस्थामा पनि आफ्नो संलग्नता रहेको बताएकी छन् । ब्लड डोनर एशोशिएसन नेपालको संरक्षक रहेकी राणा उल्लेन्स स्कुलको विद्यालय ब्यवस्थापन समिति अध्यक्ष छिन् ।













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया