कुन कुन संस्थामा छ आरजुको संलग्नता ?

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी डा.आरजु राणा पार्टीमा मात्रै संलग्न छैनन् । उनको संलग्नता सामाजिक संघसंस्थादेखि एनजीओ आएनजीओसम्म छ ।
एनजीओ आइएनजीओदेखि विभिन्न ब्यापारिक घरानासम्म नै आरजुको संलग्नता रहेको समाचारहरु सार्वजनिक भएपछि उनले आफ्नो संलग्नता ब्यापारिक समूहहरुसँग नभएको प्रष्टीकरण दिएकी छन् ।
नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेकी राणाले आफ्नो संलग्नता रहेको संस्थाहरुको बारेमा सार्वजनिक गरेकी छन् ।
राणाले सामाजिक संघसंस्थादेखि एनजीओहरुमा संलग्न रहेको स्वीकार गरेकी छन् । आफ्नो संलग्नता रहेको संस्था र आफ्नो जिम्मेवारीबारे पनि राणाले सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेकी छन् । उनले आफ्नो संलग्नता विभिन्न ६ वटा संस्थामा रहेको बताएकी छन् ।
कांग्रेस नेतृ एवम् देउवा पत्नी राणा सुरक्षित मातृत्व सञ्जाल महासंघको अध्यक्ष छिन् । उक्त संस्थाको संस्थापक रहेकी राणा महासंघको वर्तमान अध्यक्ष हुन् । नेतृ राणा नामी संस्थाको पनि अध्यक्ष छिन् ।
कांग्रेस नेतृ राणा ग्रामीण महिला विकास तथा एकता केन्द्र रुडुक नेपालको संस्थापक अध्यक्ष तथा सल्लाकार रहेको बताएकी छन् ।
यस्तै, आफू साथी नेपालको पनि संस्थापक, पूर्व अध्यक्ष तथा सल्लाहकार रहेको पनि राणाले स्पष्ट गरेकी छन् । राणाले विभिन्न सामाजिक संस्थामा पनि आफ्नो संलग्नता रहेको बताएकी छन् । ब्लड डोनर एशोशिएसन नेपालको संरक्षक रहेकी राणा उल्लेन्स स्कुलको विद्यालय ब्यवस्थापन समिति अध्यक्ष छिन् ।















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया