आइतबार, वैशाख १३, २०८३

प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित

मेरोन्यूज २०७८ पुष २२ गते १८:००

काठमाडौं । यहि पुस २५ गतेदेखि हुने भनिएको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित गरिएको छ ।

Advertisement
NiccNicc

गुजरातमा हुने ‘भाइब्रेन्ट गुजरात’ समिटमा सहभागी हुने प्रधानमन्त्री देउवाको कार्यक्रम स्थगित भएसँगै देउवाको भारत भ्रमण पनि स्थगित भएको हो । गुजरातमै प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम तय भएको थियो ।

भारतको गुजरातमा जनवरी १० देखि १२ सम्म गुजरात समिटको आयोजना गरिएको थियो ।

कोरोना भाइरस कोभिड १९ को ओमिक्रोन भेरियन्टका कारण गुजरात सरकारले समिट स्थगित गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र रुपमा फैलिदै गएपछि भारतीय राष्ट्रिय कांग्रेससहितका विपक्षी दलले भाइब्रेन्ट गुजरात समिट रोक्न माग गरेका थिए । भारतमा पछिल्लो २४ घन्टामा ९० हजार ९२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया