एमाले लमजुङको अधिवेशनमा गुरुङले सम्बोधन गर्ने
मेरोन्यूज
२०७८ पुष २३ गते ७:२५
काठमाडौँ । नेकपा एमाले लमजुङको ८ औँ जिल्ला अधिवेशन सुन्दरबजारमा सुरु हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभरका जिल्ला अधिवेशनको एकसाथ उद्घाटन गर्ने कार्यक्रम छ ।
अध्यक्ष ओलीको उद्घाटनसँगै लमजुङमा केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बन्दसत्र भोलिबाट जिल्ला समन्वय समितिको सभाहलमा आयोजना हुने नेकपा एमाले लमजुङका सचिव शुभाष पौडेलले बताए ।
बन्द सत्रमा प्रतिनिधि, पर्यवेक्षक र आयोजकगरी करिब ६ सय जनाको सहभागिता रहने छन् ।
सम्बन्धित
प्रतिक्रिया