‘ए’ डिभिजन लिगः संकटा र सातदोबाटो बराबरी
मेरोन्यूज
२०७८ पुष २३ गते १५:५३

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थिथ दशरथ रंशालामा भएको खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
खेलको २३ औं मिनेटमा सातदोबाटोका लागि सुशीलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसको नौ मिनेटपछि संकटाका लागि जय गुरुङले गोल गरी बराबरी बनाए ।
दोस्रो हाफमा दुवै टिमले गोल गर्न नसकेपछि खेल बराबरीमा टुंगिएको हो ।
जारी लिगमा संकटा ८ खेलबाट १४ अंकसहित तेस्रो स्थानमा रहेको छ भने सातदोबाटो ८ खेलबाट ९ अंकसहित आठौँ स्थानमा छ ।
सम्बन्धित









दल दर्ताको समय चार दिन थपियो
इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य
सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
छुटे दुर्गा प्रसाईं
प्रतिक्रिया