अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्रले ओमिक्रोन भेरियन्टले अस्पतालमा हुनसक्ने अत्याधिक चापलाई मध्येजनर गर्दै अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको जानकारी दिइन् ।
उनका अनुसार बिरामीलाई आवश्यक पर्ने अक्सिजनलगायत स्वास्थ् सामाग्रीहरुको व्यवस्थापन गर्न र स्वास्थ्यकर्मीहरुलाई पनि तयारी अवस्थामा रहन भनिएको छ ।
नेपालमा थप २४ जनालाई ओमिक्रोन भेरियन्ट देखिएको छ ।
उनले भनिन्,‘सिमानाकामा कोरोना परीक्षणलाई थप सशक्त बनाउने तथा पोजेटिभ आएका केसहरुलाई आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको छ ।’
उनका अनुसार नेपालमा एस जीन सिक्वेन्सिङ वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, प्रदेश २ को प्रदेश जनस्वास्थ्य प्रयोगशाला र भेरी अस्पतालबाट भइरहेको छ ।
ओमिक्रोन संक्रमण अत्याधिक मात्रामा बढ्नसक्ने सम्भावना देखिएको हुँदा सबैले स्वास्थ्यका मापदण्ड पालना गरिदन समेत उनले आग्रह गरिन् ।


















भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा लगाइयाे ताला
कांग्रेसले बोलायो अनुशासन समिति बैठक
शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च
बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल (तस्वीरहरु)
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया