खोरेत खोप खरिद प्रक्रिया रद्द

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालै (एफएमडी) खोरेत रोगको खोप खरिदका लागि आह्रवान गरेको टेन्डर प्रक्रिया रद्द गर्ने भएको छ ।
नेपाल पशुधन क्षेत्र नवप्रवर्तन परियोजनाका डा. केशब भट्टले शुक्रवार नै प्रक्रिया रद्द गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको बताए ।
उनका अनुसार मन्त्रालयले टेन्डर आह्रवान गरेपछि दुई कम्पनीले टेन्डर हालेको र टेन्डर हालेका कम्पनीले पनि तोकिएको मुल्य भन्दा बढीमा हालेपछि बोल पत्र आवहान तत्काललाई रद्द गर्ने निर्णयमा मन्त्रालय पुगेको हो ।
मन्त्रालयले आवश्यकता अनुसार अब पुनः नयाँ प्रक्रियामा जाने गरी तयारी गर्ने पनि भट्टले जानकारी दिए । यो खोप जुनसुकै देशका कम्पनीहरुले पनि खरिद गर्न टेन्डर हाल्न पाउने गरी खुलाइएको थियो । सरकारले नेपालमा २०३० सम्ममा खोरेत उन्मुलन गर्ने लक्ष्य राखेको छ ।
खोप आयातकर्ता कम्पनीहरुले सरकारले महँगो मूल्यमा खरिद गर्न लागेको भन्दै बिरोध गरेका थिए ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
प्रतिक्रिया