खोरेत खोप खरिद प्रक्रिया रद्द

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालै (एफएमडी) खोरेत रोगको खोप खरिदका लागि आह्रवान गरेको टेन्डर प्रक्रिया रद्द गर्ने भएको छ ।
नेपाल पशुधन क्षेत्र नवप्रवर्तन परियोजनाका डा. केशब भट्टले शुक्रवार नै प्रक्रिया रद्द गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको बताए ।
उनका अनुसार मन्त्रालयले टेन्डर आह्रवान गरेपछि दुई कम्पनीले टेन्डर हालेको र टेन्डर हालेका कम्पनीले पनि तोकिएको मुल्य भन्दा बढीमा हालेपछि बोल पत्र आवहान तत्काललाई रद्द गर्ने निर्णयमा मन्त्रालय पुगेको हो ।
मन्त्रालयले आवश्यकता अनुसार अब पुनः नयाँ प्रक्रियामा जाने गरी तयारी गर्ने पनि भट्टले जानकारी दिए । यो खोप जुनसुकै देशका कम्पनीहरुले पनि खरिद गर्न टेन्डर हाल्न पाउने गरी खुलाइएको थियो । सरकारले नेपालमा २०३० सम्ममा खोरेत उन्मुलन गर्ने लक्ष्य राखेको छ ।
खोप आयातकर्ता कम्पनीहरुले सरकारले महँगो मूल्यमा खरिद गर्न लागेको भन्दै बिरोध गरेका थिए ।
















त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
देशभरका यी नौ जिल्ला डढेलोको उच्च जोखिममा
‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै
‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया