ए डिभिजन लिगः एपिएफ र जावलाखेलले अंक बाँडे

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा एपिएफ र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन ।
विभागीय फुटबल क्लब एपिएफ र जावलाखेल युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । दुवै टोलीले गोलरहित बराबरीमा खेलेर अंक बाँड्दै आठौं चरणको आफ्नो खेल सकाएका छन् ।
बराबरीपछि एपीएफले ८ खेलमा ७ अंक जोडेको छ । एपीएफ दशौँ स्थानमा यथावत रहँदा जावलाखेलले ८ खेलमा ८ अंक जोडेको छ । जावलाखेल नवौं स्थानमा यथावत छ ।
यसअघि शुक्रबार भएको पहिलो खेलमा उपाधि होडमा रहेको अपराजित टोली संकटाले शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नवप्रवेश सातदोबाटो युथ क्लबसँग बराबरी खेलेको छ ।
बराबरीसँगै संकटाले जारी सिजन ८ खेलमा पाँचौ बराबरी खेलेको छ । बराबरीपछि संकटा अपराजित रहँदै १४ अंकका साथ तेस्रो स्थानमा कायम रहेको छ । सातदोबाटोले पनि संकटासँग एक अंक खोस्दै ९ अंक बनाएर आठौं स्थानमा कायम रहेको छ ।
लिगमा शनिबार तीन खेल हुँदैछन् । दशरथ रंगशालामा हुने दिनको पहिलो खेल साविक विजेता मच्छिन्द्र फुटबल क्लब र फ्रेन्ड्स फुटबल क्लबबीच हुनेछ भने दोस्रो खेल न्यूरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुनेछ । पोखरा रंगशालामा घरेलु टोली मनाङले च्यासल युथ क्लबको सामना गर्नेछ ।


















पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग
अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो
गोरखामा चट्याङ लागेर युवकको मृत्यु
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया