क्यान्सर पीडितलाई मासिक भत्ता दिने तयारी
काठमाडौँ । प्रदेश–२ का क्यान्सर पीडितलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले मासिक भत्ता दिनेबारे तयारी भएको बताएका हुन् ।
नेपाल अर्बुद रोग निवारण संस्थाको ३१ औँ केन्द्रीय सभा सिरहाको लहानमा हिजो उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले क्यान्सर पीडितको उपचारार्थ कानुन बनाएर मासिक भत्ता दिने बताएका हुन् । “क्यान्सर पीडितले पहिलादेखि नै उपचारका लागि एक लाख राहत पाउँदै आएका छन्”, मुख्यमन्त्री राउले भने, “अब प्रदेश सरकारले कानून बनाएर मासिक भत्ता दिन लागेको छ ।”
उनले लहानमा स्थापना हुन लागेको क्यान्सर अस्पताललाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । स्वास्थ्य अवस्थामा सुधार ल्याउन प्रदेश सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको उल्लेख गदर्लै उनले प्रदेश सरकारले स्थापना गरेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला देशकै नमूना हुने बताए ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया