‘ए’ डिभिजन लिगः आर्मीको तेस्रो जित

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले शनिबार सहिद स्मारक ‘ए’ डिभिजन लिगको दिनको तेस्रो खेलमा न्युरोड टिम (एनआरटी) लाई १–० ले पराजित गरेको छ ।
दिनेश हेन्जनको निर्णायक गोलमा आर्मीले बाजी मारेको हो । १७ औं मिनेटमा दिनेशले गरेको गोलबाट आर्मीले अग्रता लिएको थियो । जगजित श्रेष्ठको क्रसमा दिनेशले ६ यार्ड बक्सको लाइनबाट डाइभिङ हेडर गोल गरेका थिए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको अधिकांश समय आर्मी हाबी रह्यो ।
१६औं मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार अजित प्रजापतिले रोकेका थिए ।
५५औं मिनेटमा १८ यार्ड बक्सबाहिरबाट दिनेशले गरेको फ्रिकिक प्रहार अजितले सहजै जोगाए । लगत्तै अर्को मिनेटमा दिनेशले अजितलाई समेत बिट गरेको अवस्थामा राइट साइडबाट पेनाल्टी बक्सभित्र आफ्नो साथी भेट्टाउन सकेनन् ।
६२औं मिनेटमा जर्ज प्रिन्सले पेनाल्टी बक्सको लेफ्ट साइडबाट गरेको प्रहार सेकेन्डबारको नजिकैबाट बाहिरियो । ६४औं मिनेटमा जर्ज प्रिन्सले दोस्रो अग्रताको सुनौलो अवसर खेर फाले । भरत खवासको प्रहार अजितबाट रिबाउन्ड आउँदा जर्ज प्रिन्स गरेको प्रहारमा अजित फेरि बाधक बने ।
६६औं मिनेटमा जर्ज प्रिन्सले वान भर्सेस वानको अवस्थामा अजितलाई बिट गर्न सकेनन् ।
७३औं मिनेटमा भरत खवासले १८ राइट साइड पेनाल्टी बक्सबाट गरेको प्रहार अजितले मुस्किलले पन्च गरी फ्याके ।
जितसँगै आठ खेलबाट १४ अंक जोडेको आर्मी चौथो स्थानमा यथावत् छ । आठ खेलबाट १० अंक जोडेको एनआरटी सातौं स्थानमा छ । आइतबार लिगमा एक मात्रै खेल हुनेछ ।









दल दर्ताको समय चार दिन थपियो
इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य
सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
छुटे दुर्गा प्रसाईं
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रतिक्रिया