सोमबार, वैशाख १४, २०८३

कोइराला भन्छन्– देउवाले आफूखुशी गरे चुनाव हारिन्छ

मेरोन्यूज २०७८ पुष २४ गते २१:१८

इनरुवा । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सभापतिले आफुखुशी गर्न खोजे पार्टीले चुनावमा हारको सामना गर्न सक्ने बताएका छन् ।

Advertisement
NiccNicc

सुनसरीको इनरुवामा सञ्चारकर्मीहरु सँगको कुराकानी गर्दै नेता कोइरालाले कोइरालाले सभापतिले म सबैको हुँ भनेपनि विश्वासको वातावरण भने बनि नसकेको बताए ।

सभापति शेरबहादुर देउवाले विधानमा भएको ब्यबस्थालाई गलतरुपमा प्रयोग गरेर नियुक्ति गरिएको बताए । सभापति यसरी नै हिड्ने हो भने पार्टीले स्थानीय, प्रदेश र केन्द्रिय निर्वाचन जित्न नसक्ने उल्लेख गरे ।

‘अहिले भर्खर सुरुवात हो । जसरी वहाँले भन्नुभयो म सबैको सभापति हुँ । त्यो देखाउनु पर्यो । देखिने गरी हुनु पर्यो, न्याय संगत हुनु पर्यो ।’– कोइरालाले भने ।

‘उहाँले विधानलाई टेकेर हिंड्नु भएको छ तर जसरी नियुक्तिहरु गर्नु भको छ । कार्य समितिमा ल्याउनु भएको छ । त्यसको मापदण्ड के हो भन्ने कुरा चैं हामीले जान्न जरुरी छ । न्यायसंगत हुनुपर्छ भन्ने हाम्रो चाहना हो । भएन भने अप्ठ्यारो त पर्छ नै ।’, कोइरालाले भने, –‘त्यस्तो भयो भने पार्टी दुर्घटनामा जान्छ । दुर्घटना भनेको स्थानीय, प्रदेश र केन्द्रिय निर्वाचन जित्न सकेन भने त्यसको दोष कसले लिने ।’

एक फरक प्रशंगमा कोइरालाले आम नेपाली जनतामा एमसीसीको बारे फैलिएको त्रास चिर्न संसद मार्फत छलफल गरेर जे हुन्छ जानकारी दिनु आवश्यक रहेको बताए । कोइरालाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अस्तब्यस्त रहेको भन्दै अवरुद्ध संसद सुचारु गर्न तर्फ काँग्रेस र एमाले दुवै लाग्नु पर्ने बताए ।

कोइरालाले आगामी चुनावमा नेपाली काँग्रेस एक्लै चुनाव लड्ने समेत दोहोर्याए ।

प्रतिक्रिया