गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व भरतपुर महानगरले लिन्छ : मेयर दाहाल

काठमाडौँ । भरतपुर महानगरकी मेयर रेणु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने बताएकी छन् । उनले धुर्मुस–सुन्तली फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व लिने बताएकी हुन् ।
आइतबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मेयर दहालले धुर्मुस–सुन्तली फाउण्डेशनले आफूलाई १७ करोड ऋण लागिसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट सोचेअनुरुप सहयोग प्राप्त नभएकाले महानगरलाई स्वामित्व लिन आग्रह गरेको बताउँदै आएकाले बाँकी काम महानगरले गर्ने बताएकी हुन् । उनले सरकार यस प्रकारको जिम्मेवारीबाट पन्छिन नमिल्ने बताइन् ।
‘हामीले प्रक्रिया अघि बढाइसकेका छौँ, यसअघि पनि लगभग १० करोड बजेट महानगरको आन्तरिक बजेटबाट उपलब्ध गराएको हो, महायज्ञ धनधान्याञ्चल आयोजना गरेर पनि सहयोग गरेका हौँ, १८–२० करोडको बजेट फाउण्डेशनलाई उपलब्ध गराएको हो, उहाँहरुले १७ करोड ऋण लागिसक्यो गर्न सक्ने स्थिति भएन भनेपछि ऋण लगाएर गर्ने कुरा भएन,’ उनले भनिन् ।
‘उहाँहरुले हामीले श्रोत जुटाउन सकेनौँ, त्यसकारण महानगरले स्वामित्व ग्रहण गरिदिनुपर्छ भनेर आग्रह गरेपछि हामीलाई पत्र पनि दिनु भयो, र उहाँहरुले फाउण्डेशनको तर्फबाट आर्थिक र प्राविधिक प्रतिवेदन पेश गरेपछि यो बहुवर्षीय योजनाअनुसार अघि बढाउन र ऋण तिर्न पनि संघीय सरकारलाई आग्रह गर्छौं,’ उनले थपिन् । उनले सरकारले जिम्मेवारीबाट पन्छिन नमिल्न बताउँदै यो आयोजना सम्पन्न गर्ने बताइन् ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया