गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व भरतपुर महानगरले लिन्छ : मेयर दाहाल

काठमाडौँ । भरतपुर महानगरकी मेयर रेणु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने बताएकी छन् । उनले धुर्मुस–सुन्तली फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व लिने बताएकी हुन् ।
आइतबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मेयर दहालले धुर्मुस–सुन्तली फाउण्डेशनले आफूलाई १७ करोड ऋण लागिसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट सोचेअनुरुप सहयोग प्राप्त नभएकाले महानगरलाई स्वामित्व लिन आग्रह गरेको बताउँदै आएकाले बाँकी काम महानगरले गर्ने बताएकी हुन् । उनले सरकार यस प्रकारको जिम्मेवारीबाट पन्छिन नमिल्ने बताइन् ।
‘हामीले प्रक्रिया अघि बढाइसकेका छौँ, यसअघि पनि लगभग १० करोड बजेट महानगरको आन्तरिक बजेटबाट उपलब्ध गराएको हो, महायज्ञ धनधान्याञ्चल आयोजना गरेर पनि सहयोग गरेका हौँ, १८–२० करोडको बजेट फाउण्डेशनलाई उपलब्ध गराएको हो, उहाँहरुले १७ करोड ऋण लागिसक्यो गर्न सक्ने स्थिति भएन भनेपछि ऋण लगाएर गर्ने कुरा भएन,’ उनले भनिन् ।
‘उहाँहरुले हामीले श्रोत जुटाउन सकेनौँ, त्यसकारण महानगरले स्वामित्व ग्रहण गरिदिनुपर्छ भनेर आग्रह गरेपछि हामीलाई पत्र पनि दिनु भयो, र उहाँहरुले फाउण्डेशनको तर्फबाट आर्थिक र प्राविधिक प्रतिवेदन पेश गरेपछि यो बहुवर्षीय योजनाअनुसार अघि बढाउन र ऋण तिर्न पनि संघीय सरकारलाई आग्रह गर्छौं,’ उनले थपिन् । उनले सरकारले जिम्मेवारीबाट पन्छिन नमिल्न बताउँदै यो आयोजना सम्पन्न गर्ने बताइन् ।















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया