भारतीय संसद्का चार सय कर्मचारीमा कोभिड संक्रमण

काठमाडौँ । भारतीय संसद्का चार सयभन्दा बढी कर्मचारीमा कोभिड १९ को संक्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । अधिकारीका अनुसार कर्मचारीलाई मंगलबारदेखि शनिबारसम्म अनियमित परीक्षणको क्रममा उक्त संक्रमण देखिएको हो ।
संसद्को बजेट अधिवेशनअघि नै संक्रमित भेटिएका हुन् । एक स्थानीय समाचार एजेन्सीले जनाएअनुसार एक हजार ४०९ संसद् कर्मचारीमध्ये ४०२ जनामा संक्रमण पुष्टि भएको हो । ‘जनवरी ४ देखि जनवरी ८ सम्म गरिएको परीक्षणमा ४०२ कर्मचारीमा संक्रमण देखिएको छ । ती सबै नमूनाहरू ओमिक्रोन भेरियन्ट कन्फर्मेसनका लागि जिनोम सिक्वेन्सिङमा पठाइएको छ,’ एजेन्सीले एक अधिकारीले भने । संसद्का कर्मचारीको आन्तरिक सन्देशमा कर्मचारीलाई सरकारको निर्देशनअनुसार सावधानी अपनाउन सुझाव दिइएको प्रतिवेदनमा उल्लेख छ ।
स्थानीय सञ्चारमाध्यममा उद्धृत गरिएको आन्तरिक सन्देशमा भनिएको छ, ‘लोकसभाका दुई सय र राज्यसभाबाट ६९ जना र एक सय ३३ सहयोगी कर्मचारीको परीक्षण पोजेटिभ देखिएको छ ।’
















काठमाडौं-तराईं द्रुतमार्ग निरीक्षणमा प्रधानमन्त्री कार्की
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
फेरि मौसम बदलीको अर्काे प्रणाली भित्रिँदै, काठमाडौँमा बुधबार वर्षा
कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
प्रतिक्रिया