भारतीय संसद्का चार सय कर्मचारीमा कोभिड संक्रमण

काठमाडौँ । भारतीय संसद्का चार सयभन्दा बढी कर्मचारीमा कोभिड १९ को संक्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । अधिकारीका अनुसार कर्मचारीलाई मंगलबारदेखि शनिबारसम्म अनियमित परीक्षणको क्रममा उक्त संक्रमण देखिएको हो ।
संसद्को बजेट अधिवेशनअघि नै संक्रमित भेटिएका हुन् । एक स्थानीय समाचार एजेन्सीले जनाएअनुसार एक हजार ४०९ संसद् कर्मचारीमध्ये ४०२ जनामा संक्रमण पुष्टि भएको हो । ‘जनवरी ४ देखि जनवरी ८ सम्म गरिएको परीक्षणमा ४०२ कर्मचारीमा संक्रमण देखिएको छ । ती सबै नमूनाहरू ओमिक्रोन भेरियन्ट कन्फर्मेसनका लागि जिनोम सिक्वेन्सिङमा पठाइएको छ,’ एजेन्सीले एक अधिकारीले भने । संसद्का कर्मचारीको आन्तरिक सन्देशमा कर्मचारीलाई सरकारको निर्देशनअनुसार सावधानी अपनाउन सुझाव दिइएको प्रतिवेदनमा उल्लेख छ ।
स्थानीय सञ्चारमाध्यममा उद्धृत गरिएको आन्तरिक सन्देशमा भनिएको छ, ‘लोकसभाका दुई सय र राज्यसभाबाट ६९ जना र एक सय ३३ सहयोगी कर्मचारीको परीक्षण पोजेटिभ देखिएको छ ।’
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया