राष्ट्रियसभाका कुन उम्मेदवारले पाए कुन चुनाव चिह्न ?

काठमाडौं । माघ १२ गते हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका उम्मेदवारहरुलाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ । आइतबार उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गदैं निर्वाचन आयोगले चुनाव चिन्ह पनि प्रदान गरेको हो । सात ओटै प्रदेशमा गरी रिक्त हुन लागेको १९ पदका लागि ४३ जना उम्मेदवार छन् ।
आयोगले नेपाली कांग्रेसका उम्मेदवारलाई रूख, नेकपा एमालेका उम्मेदवारलाई सूर्य, नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई गोलाकारभित्र हँसिया हथौडा र नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई कलम चिह्न प्रदान गरेको छ । त्यसैगरी, राप्रपालाई हलो, जनता समाजवादी पार्टी नेपाललाई ढल्केको छाता, लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई साइकल, नेपाल मजदुर किसान पार्टीलाई मादल र राष्ट्रिय जनमोर्चालाई गिलास चिह्न प्रदान गरिएको छ।
राष्ट्रिय सभा निर्वाचनका लागि सोमबारबाट आचारसंहिता लागू हुने आयोगले जनाएको छ । आइतबार विज्ञप्ति प्रकाशित गर्दै निर्वाचन अवधीभर आचारसिंहता पालना नभए कारबाही गर्ने चेतावनी पनि आयोगले दिएको छ ।
हेर्नुहोस, कुन उम्मेदवारका कुन चुनाव चिन्ह ?
















राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास
खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र खोप’ अभियान
शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया