बुधबार, पुष १६, २०८२

कोभिड कहर

सार्वजनिक स्थलमा २५ जना बढी भेला हुन रोक, माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस

मेरोन्यूज २०७८ पुष २५ गते १८:४९

काठमाडौं । सरकारले कोभिड सक्रमण वढन थालेपछि कडाई गनृ थालेको छ । सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णयमा सरकार पुगेको छ । नीजि तथा सार्वजनिक विधालयहरुको पठनपाठन पनि माघ १५ गते सम्म रोक लगाउने निर्णय सरकारले गरेको छ ।

आइतबार बसेको कोभिड – १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले त्यस्तो निर्णय गरेको हो । नेपालमा पछिल्लो २४ घण्टामा मात्रै एक हजार १६७ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको थियो ।

प्रतिक्रिया