‘ए’ डिभिजन लिगः आज पुलिस र ब्रिगेड ब्वाइज भिड्ने
मेरोन्यूज
२०७८ पुष २६ गते ७:२३

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटवल अन्तर्गत सोमवार नेपाल पुलिस क्लव र ब्रिगेड ब्वाइज क्लव (बिबिसी) भिड्ने भएका छन् ।
काठमाडौंको दशरथ रंगशालामा पुलिस र ब्रिगेड ब्वाइजको खेल आठौं चरणको अन्तिम खेल हो । पुलिस र ब्रिगेड ब्वाइज रेलिगेशन नजिक छन् । पुलिसले सात खेलमा ६ अंक मात्रै जोडेको छ भने बिबिसीले बराबरी खेलमा ५ अंक मात्रै जोडेको छ ।
जारी लिगमा शीर्ष स्थानमा रहेको मच्छिन्द्र क्लवको ८ खेल खेल्दा २० अंक जोडेको छ ।
मनाङ मस्र्याङदी क्लव ८ खेलमा १९ अंकका साथ दोस्रो र संकटा ८ खेल खेल्दा १४ अंक जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ ।
आइतबार भएको खेलमा थ्री स्टार फुटबल क्लबले हिमालयन शेर्पालाई २–० गोल अन्तरले पराजित गरेको थियो ।
थ्री स्टारले ८ खेलमा १३ अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको छ भने हिमालयन शेर्पाले ८ खेलमा ११ अंक मात्रै जोडेको छ ।
सम्बन्धित

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया