बुधबार, वैशाख १०, २०८२

‘ए’ डिभिजन लिगः आज पुलिस र ब्रिगेड ब्वाइज भिड्ने

मेरोन्यूज २०७८ पुष २६ गते ७:२३

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटवल अन्तर्गत सोमवार नेपाल पुलिस क्लव र ब्रिगेड ब्वाइज क्लव (बिबिसी) भिड्ने भएका छन् ।
काठमाडौंको दशरथ रंगशालामा पुलिस र ब्रिगेड ब्वाइजको खेल आठौं चरणको अन्तिम खेल हो । पुलिस र ब्रिगेड ब्वाइज रेलिगेशन नजिक छन् । पुलिसले सात खेलमा ६ अंक मात्रै जोडेको छ भने बिबिसीले बराबरी खेलमा ५ अंक मात्रै जोडेको छ ।

जारी लिगमा शीर्ष स्थानमा रहेको मच्छिन्द्र क्लवको ८ खेल खेल्दा २० अंक जोडेको छ ।

मनाङ मस्र्याङदी क्लव ८ खेलमा १९ अंकका साथ दोस्रो र संकटा ८ खेल खेल्दा १४ अंक जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ ।

आइतबार भएको खेलमा थ्री स्टार फुटबल क्लबले हिमालयन शेर्पालाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

थ्री स्टारले ८ खेलमा १३ अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको छ भने हिमालयन शेर्पाले ८ खेलमा ११ अंक मात्रै जोडेको छ ।

प्रतिक्रिया