कान्ति लोकपथअन्तर्गतको सुनाकोठी सडकमा मापदण्ड मिचेर पर्खाल

ललितपुर । ललितपुर महानगरपालिकाले कान्ति लोकपथअन्तर्गत सुनाकोठी सडकमा मापदण्ड मिचेर पर्खाल लगाएको छ । झन्डै सडक जति नै फुटपाथ राखेर पर्खाल लगाउन सुरु गरिएको छ ।
९२ किलोमिटर लम्वाइ रहेको कान्ति लोकपथअन्तर्गत पर्ने सुनाकोठी सडक ११ मिटर चौडा गर्न वि.स २०७२ सालमा सौलुङ कन्ट्रक्सनलाई दिइए पनि मुआव्जा र क्षतिपूर्ति नदिँदा विस्तार भएन । वि.स.२०७७ सालमा सरकारले यथास्थितिमै सडक कालोपत्र गरेको थियो ।
पर्खाल लगाउँदा सडकमा गाडी गुड्न समस्या हुने सुनाकोठीमा यात्रारत रमेश घिमिरेले बताए ।
उनले भने, ‘सडक साँघुरो छ । फुटपाथबाट मोटरसाइकल गुड्थे । गाडीलाई साइट दिन सजिलो भएको थियो । अब पर्खाल लगाएपछि दोहोरो गाडी छिर्न मुस्किल भयो ।’
साँघुरो सडक त्यसमाथि बीचबाट महानगरपालिकाले फुटपाथ बनाउने भन्दै पर्खाल लगाएपछि सडकमा सधै जाम हुने गरेको छ । उनले भने, ‘जाम भयो भने यहाँका बासिन्दालाई पनि समस्या हुन्छ । महानगरले बुझ्नुपर्ने हो ।’

फुटपाथ बनाउन भन्दै महानगरपालिका २७ का वडाध्यक्ष बाबुराजा महर्जनले फुटपाथ बनाउन काम सुरु गरेको बताएका छन् । सम्पदा क्षेत्र रहेको ठाउँ फोहोर रहेकाले व्लक छाप्न पेटी बनाएको बताए । उनले भने, ‘कालोपत्रे भएको सडकमा पर्खाल लगाएको होइन, अघिल्लो वर्ष पनि यहाँ पर्खाल लगाइएको थियो ।’
महानगरले गठन गरेको उपभोक्ता समितिका अध्यक्ष कविन्द्र डंगोलले १० लाख बजेटमा काम गर्न लागिएको बताए । टोलबासीको योजनामा पर्खाल लगाइएको उनले बताए । उनले भने, ‘जात्रा गर्न पनि समस्या भयो । फोहोर पनि भयो । सुनाकोठीमा जताततै व्लक राखिएको छ ।’











सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष
कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया