कान्ति लोकपथअन्तर्गतको सुनाकोठी सडकमा मापदण्ड मिचेर पर्खाल

ललितपुर । ललितपुर महानगरपालिकाले कान्ति लोकपथअन्तर्गत सुनाकोठी सडकमा मापदण्ड मिचेर पर्खाल लगाएको छ । झन्डै सडक जति नै फुटपाथ राखेर पर्खाल लगाउन सुरु गरिएको छ ।
९२ किलोमिटर लम्वाइ रहेको कान्ति लोकपथअन्तर्गत पर्ने सुनाकोठी सडक ११ मिटर चौडा गर्न वि.स २०७२ सालमा सौलुङ कन्ट्रक्सनलाई दिइए पनि मुआव्जा र क्षतिपूर्ति नदिँदा विस्तार भएन । वि.स.२०७७ सालमा सरकारले यथास्थितिमै सडक कालोपत्र गरेको थियो ।
पर्खाल लगाउँदा सडकमा गाडी गुड्न समस्या हुने सुनाकोठीमा यात्रारत रमेश घिमिरेले बताए ।
उनले भने, ‘सडक साँघुरो छ । फुटपाथबाट मोटरसाइकल गुड्थे । गाडीलाई साइट दिन सजिलो भएको थियो । अब पर्खाल लगाएपछि दोहोरो गाडी छिर्न मुस्किल भयो ।’
साँघुरो सडक त्यसमाथि बीचबाट महानगरपालिकाले फुटपाथ बनाउने भन्दै पर्खाल लगाएपछि सडकमा सधै जाम हुने गरेको छ । उनले भने, ‘जाम भयो भने यहाँका बासिन्दालाई पनि समस्या हुन्छ । महानगरले बुझ्नुपर्ने हो ।’

फुटपाथ बनाउन भन्दै महानगरपालिका २७ का वडाध्यक्ष बाबुराजा महर्जनले फुटपाथ बनाउन काम सुरु गरेको बताएका छन् । सम्पदा क्षेत्र रहेको ठाउँ फोहोर रहेकाले व्लक छाप्न पेटी बनाएको बताए । उनले भने, ‘कालोपत्रे भएको सडकमा पर्खाल लगाएको होइन, अघिल्लो वर्ष पनि यहाँ पर्खाल लगाइएको थियो ।’
महानगरले गठन गरेको उपभोक्ता समितिका अध्यक्ष कविन्द्र डंगोलले १० लाख बजेटमा काम गर्न लागिएको बताए । टोलबासीको योजनामा पर्खाल लगाइएको उनले बताए । उनले भने, ‘जात्रा गर्न पनि समस्या भयो । फोहोर पनि भयो । सुनाकोठीमा जताततै व्लक राखिएको छ ।’
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया