उदयपुरमा मेडिकल कलेजको माग गर्दै डेलिकेसन

उदयपुर । गाईघाटमा मेडिकल कलेज स्थापनाको माग गर्दै जनप्रतिनिधिको टोली डेलिकेसनमा गएको छ ।
तीन वर्षअघि विज्ञसहितको स्वास्थ्य मन्त्रालयको टोलीले उदयपुरमा मेडिकल कलेज खोल्न सम्भाव्यता अध्ययन गरेको थियो । त्यसैबेला कलेजका लागि स्थलगत अध्ययन समेत भएको थियो ।
नगर प्रमुख चौधरी नेतृत्वको डेलिगेसन टोलीले शनिबार उदयपुर १ का सांसद एव परराष्ट्रमन्त्री डा.नारायण खड्का र विभिन्न मन्त्रालयका सरोकारवालासँग भेट गरेको छ । नगर प्रमुख चौधरीले शनिबार नै डा। खड्का निवासमा सर्वपक्षीय सहभागितामा बैठक बसी गाईघाटमा मेडिकल कलेज खोल्न आवश्यक जग्गा व्यवस्थापनदेखि बजेट माग गर्नेसम्मको विषयमा छलफल गरेको मन्त्री खड्काको सचिवालयले जानकारी दिए ।
यस्तै मन्त्री खड्कासँग त्रियुगा र चौदण्डीगढी नगरपालिकामा मुख्य समस्याको रुपमा रहेको ऐलानी र अव्यवस्थित भूमि व्यवस्थापन गर्ने गरी कामअघि बढाउने सम्झौता समेत भएको नगर प्रमुख चौधरीले बताए ।
त्यसका लागि मन्त्रालयबाट आवश्यक बजेट माग गर्ने र बाँकी नगरपालिकाले बेहोर्ने सम्झौता भएको छ । नगरपालिकाका विभिन्न वडामा आवश्यक पुल, सडक, खानेपानी र विद्युतीकरणलगायत विषयमा छलफल गरी योजना निर्माण र सञ्चालनका लागि बजेट माग गर्ने निर्णय भएको छ । यसै वर्ष मेडिकल कलेज निर्माणका लागि जग्गा टुंगो लगाउँदै संघीय सरकारमार्फत आवश्यक बजेट माग गर्ने निर्णय पनि भएको जनाइएको छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
प्रतिक्रिया