बुधबार, पुष १६, २०८२

लागु औषधसहित छ पक्राउ

मेरोन्यूज २०७८ पुष २६ गते २१:२९

काठमाडौँ । प्रतिबन्धित लागुसहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर हेटौँडा महानगरपालिका ९ मास्टरचोक बस्ने २५ वर्षीय विशाल विक, २० वर्षीय राज खत्री, २३ वर्षीय रोमन थापा मगर, २१ वर्षीय नीरन राई, २२ वर्षीय प्रजेन महर्जन र हेटौँडा १० बस्ने १८ वर्षीय सुमितकुमार बानियाँ रहेका छन् ।

इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौँडा महानगरपालिका ९ मास्टरचोक स्थित शंकर केसीको घरमा डेरा गरी बस्ने पक्राउ परेकामध्ये विशालको कोठामा लागु औषधसहित उनीहरुलार्ई पक्राउ गरिएको हो ।

प्रतिक्रिया