मंगलबार तपाईंको राशिफल कस्तो ?

आज वि.सं. २०७८ साल पौष महिनाको २७ गते मंगलबार, पौष शुक्लपक्षको नवमी तिथि । आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस ।
मेष
सितल खालको व्यक्तित्व हुँदाहुँदै पनि रिसको मात्रा बढि हुँदा आफैलाई घाटा लाग्ने गरि कामहरु बिग्रने छन् । कडा खालको व्यक्तित्व हुने हुँदा संयमित रहनु होला । मन दृढ हुँदाहुँदै पनि बेला बेला अस्वाभाविक खालको निराशाका चरण देखिन जाने छ । पेशागत जीवन र आम्दानीमा उन्नति हुने छ ।
वृष
मनमा शितलता बृद्धि हुने छ । मनमा धेरै दोहोरो भन्दा दृढता बृद्धि हुने छ । सात्विक मार्गबाट आम्दानी पुरा गर्न मन केन्द्रीत हुने छ । पेशागत जीवनमा उन्नति प्रगति तथा फलदायी नतिजाहरु प्राप्त हुने छन् ।
मिथुन
साहसी खालका व्यक्तित्व हुने छ । साथै बौद्धिकताको पनि बृद्धि हुने हुनाले अरुबाट सम्मानित व्यक्तित्व बन्ने छ । तर भाग्यहिनताको आभाष हुने हुँदा उन्नति प्रगतिमा केही अवरोधहरु देखा पर्ने छन् । साझेदारीमा गरिएका कामहरुमा प्रगति हुने छ । जीवनसाथिको साथ लिएर कार्य गरेमा सफलता मिल्ने छ ।
कर्कट
भाग्यको साथ नभएको आभाष मनमा हुने छ । मनमा खिन्नताको मात्रा बढ्ने हुँदा सकारात्मक चिन्तन तर्फ बढि ध्यान केन्द्रीत गर्ने प्रयास गर्नु होला । बोलीको प्रभाव भने बढ्ने छ । पेशागत हिसावले यात्रारत रहनु पर्ने छ । मेहनति र पराक्रमी बानीमा बृद्धि हुने छ ।
सिंह
मनोबलमा कमि आउने छ । विदेश यात्रा सकारात्मक बन्न जाने छ भने विदेश जाने विषयमा मनमा तिब्रता आउने छ । आम्दानीमा सोचे जस्तो लक्ष्य प्राप्त नहुने भएकाले चित्त बुझाउँदै निरन्तर कर्ममा केन्द्रीत हुनु होला । पेशागत जीवनमा भने केही सकारात्मक नतिजा प्राप्त हुने छ ।
कन्या
दृढ खालको व्यक्तित्व बन्दा बन्दै पनि रिस कडा हुन जाने भएकाले यस विषयमा ध्यान दिनु होला । पेशागत जीवन औसतमा सकारात्मक बन्न जाने छ । पेशागत क्षेत्रबाट मान सम्मान प्राप्त हुने तथा आफ्नो भुमिका बृद्धि हुन जाने छ ।
तुला
फ्रेस नभएको जस्तो लागि रहने र झुम्म भएको जस्तो लागि रहने छ । पेशागत जीवनमा शुभ संकेतहरु प्राप्त हुने छन् । सुख सुविधाका साधनहरु उपभोग गर्ने अवसर प्राप्त हुने छ । सात्विकताको अभिबृद्धि हुने छ । साझेदारीमा गरिएका कामहरु सकारात्मक बन्ने छन् ।
वृश्चिक
पेशागत जीवनमा उन्नति हुने छ, सकारात्मक नतिजाहरु देखिने छ । आम्दानीमा पनि बृद्धि हुन जाने छ । तर मनमा भने उदासिनताका मात्रा असाध्यै धेरै आउने भएकाले मनलाई नियन्त्रण गर्ने विषयमा ध्यान दिनु होला । चिसोबाट बच्ने प्रयास गर्नु होला ।
धनु
दृढ खालको व्यक्तित्व हुने छ । तर रिस पनि कडा खालको देखा पर्ने भएकाले यस बारेमा संयमित रहने प्रयास गर्नु होला । साझेदारीमा गरिएका कामबाट फाइदा मिल्ने छ । जीवनसाथिको सल्लाहसहित कार्य गरेमा फाइदा मिल्ने समय छ । पेशागत जीवनमा नसोचेका समस्याहरु देखा पर्न जाँदा कठिनाई सामना गर्नु पर्ने समय रहेकाले संयमित रहँदै पाइला चाल्नु होला ।
मकर
बोलीको प्रभावकारितामा कमि आउने छ । मनमा दुविधाका क्रम धेरै हुन जाने भएकाले मन नियन्त्रण वा दुविधा नियन्त्रणमा प्रयास गर्नु होला । पारीवारिक जीवनमा मिलन हुने छ । पेशागत जीवनमा उतार चढाव आउने भएकाले संयमित भई पाइला चाल्नु होला । भाग्य हिनताको अनुभुति हुने छ ।
कुम्भ
यात्रामा सफलता मिल्ने छ । विदेश यात्राका क्रम प्रष्ट बन्ने छ । आम्दानीमा बृद्धि हुने छ । पेशागत जीवनमा भने संयमित भएर पाइला चाल्नु पर्ने समय रहेको छ । पेशागत क्रममा विदेश यात्राको सम्भावना देखिन्छ । प्रतिष्पर्धात्मक क्षमतामा अभिबृद्धि हुने छ । साझेदारीमा गरिएका काममा फाइदा मिल्ने छ ।
मीन
बौद्धिक खालको व्यक्तित्व हुने छ । सात्विकतामा बृद्धि हुने छ । अध्ययन अध्यापनमा मन केन्द्रीत हुने छैन् । विदेश यात्राका सन्दर्भमा अवरोधहरु हटेर जाने छन् । पेशागत जीवनमा उन्नति प्रगति हुने छ । आम्दानीमा हुने बृद्धिले व्यक्तित्वमा दृढता पैदा गर्ने छ ।
(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
प्रतिक्रिया