शुक्रबार, पुष ११, २०८२

मंगलबार तपाईंको राशिफल कस्तो ?

मेरोन्यूज २०७८ पुष २७ गते ६:३८

आज वि.सं. २०७८ साल पौष महिनाको २७ गते मंगलबार, पौष शुक्लपक्षको नवमी तिथि । आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस ।

मेष
सितल खालको व्यक्तित्व हुँदाहुँदै पनि रिसको मात्रा बढि हुँदा आफैलाई घाटा लाग्ने गरि कामहरु बिग्रने छन् । कडा खालको व्यक्तित्व हुने हुँदा संयमित रहनु होला । मन दृढ हुँदाहुँदै पनि बेला बेला अस्वाभाविक खालको निराशाका चरण देखिन जाने छ । पेशागत जीवन र आम्दानीमा उन्नति हुने छ ।

वृष
मनमा शितलता बृद्धि हुने छ । मनमा धेरै दोहोरो भन्दा दृढता बृद्धि हुने छ । सात्विक मार्गबाट आम्दानी पुरा गर्न मन केन्द्रीत हुने छ । पेशागत जीवनमा उन्नति प्रगति तथा फलदायी नतिजाहरु प्राप्त हुने छन् ।

मिथुन
साहसी खालका व्यक्तित्व हुने छ । साथै बौद्धिकताको पनि बृद्धि हुने हुनाले अरुबाट सम्मानित व्यक्तित्व बन्ने छ । तर भाग्यहिनताको आभाष हुने हुँदा उन्नति प्रगतिमा केही अवरोधहरु देखा पर्ने छन् । साझेदारीमा गरिएका कामहरुमा प्रगति हुने छ । जीवनसाथिको साथ लिएर कार्य गरेमा सफलता मिल्ने छ ।

कर्कट
भाग्यको साथ नभएको आभाष मनमा हुने छ । मनमा खिन्नताको मात्रा बढ्ने हुँदा सकारात्मक चिन्तन तर्फ बढि ध्यान केन्द्रीत गर्ने प्रयास गर्नु होला । बोलीको प्रभाव भने बढ्ने छ । पेशागत हिसावले यात्रारत रहनु पर्ने छ । मेहनति र पराक्रमी बानीमा बृद्धि हुने छ ।

सिंह
मनोबलमा कमि आउने छ । विदेश यात्रा सकारात्मक बन्न जाने छ भने विदेश जाने विषयमा मनमा तिब्रता आउने छ । आम्दानीमा सोचे जस्तो लक्ष्य प्राप्त नहुने भएकाले चित्त बुझाउँदै निरन्तर कर्ममा केन्द्रीत हुनु होला । पेशागत जीवनमा भने केही सकारात्मक नतिजा प्राप्त हुने छ ।

कन्या
दृढ खालको व्यक्तित्व बन्दा बन्दै पनि रिस कडा हुन जाने भएकाले यस विषयमा ध्यान दिनु होला । पेशागत जीवन औसतमा सकारात्मक बन्न जाने छ । पेशागत क्षेत्रबाट मान सम्मान प्राप्त हुने तथा आफ्नो भुमिका बृद्धि हुन जाने छ ।

तुला
फ्रेस नभएको जस्तो लागि रहने र झुम्म भएको जस्तो लागि रहने छ । पेशागत जीवनमा शुभ संकेतहरु प्राप्त हुने छन् । सुख सुविधाका साधनहरु उपभोग गर्ने अवसर प्राप्त हुने छ । सात्विकताको अभिबृद्धि हुने छ । साझेदारीमा गरिएका कामहरु सकारात्मक बन्ने छन् ।

वृश्चिक
पेशागत जीवनमा उन्नति हुने छ, सकारात्मक नतिजाहरु देखिने छ । आम्दानीमा पनि बृद्धि हुन जाने छ । तर मनमा भने उदासिनताका मात्रा असाध्यै धेरै आउने भएकाले मनलाई नियन्त्रण गर्ने विषयमा ध्यान दिनु होला । चिसोबाट बच्ने प्रयास गर्नु होला ।

धनु
दृढ खालको व्यक्तित्व हुने छ । तर रिस पनि कडा खालको देखा पर्ने भएकाले यस बारेमा संयमित रहने प्रयास गर्नु होला । साझेदारीमा गरिएका कामबाट फाइदा मिल्ने छ । जीवनसाथिको सल्लाहसहित कार्य गरेमा फाइदा मिल्ने समय छ । पेशागत जीवनमा नसोचेका समस्याहरु देखा पर्न जाँदा कठिनाई सामना गर्नु पर्ने समय रहेकाले संयमित रहँदै पाइला चाल्नु होला ।

मकर
बोलीको प्रभावकारितामा कमि आउने छ । मनमा दुविधाका क्रम धेरै हुन जाने भएकाले मन नियन्त्रण वा दुविधा नियन्त्रणमा प्रयास गर्नु होला । पारीवारिक जीवनमा मिलन हुने छ । पेशागत जीवनमा उतार चढाव आउने भएकाले संयमित भई पाइला चाल्नु होला । भाग्य हिनताको अनुभुति हुने छ ।

कुम्भ
यात्रामा सफलता मिल्ने छ । विदेश यात्राका क्रम प्रष्ट बन्ने छ । आम्दानीमा बृद्धि हुने छ । पेशागत जीवनमा भने संयमित भएर पाइला चाल्नु पर्ने समय रहेको छ । पेशागत क्रममा विदेश यात्राको सम्भावना देखिन्छ । प्रतिष्पर्धात्मक क्षमतामा अभिबृद्धि हुने छ । साझेदारीमा गरिएका काममा फाइदा मिल्ने छ ।

मीन
बौद्धिक खालको व्यक्तित्व हुने छ । सात्विकतामा बृद्धि हुने छ । अध्ययन अध्यापनमा मन केन्द्रीत हुने छैन् । विदेश यात्राका सन्दर्भमा अवरोधहरु हटेर जाने छन् । पेशागत जीवनमा उन्नति प्रगति हुने छ । आम्दानीमा हुने बृद्धिले व्यक्तित्वमा दृढता पैदा गर्ने छ ।

(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)

प्रतिक्रिया