काठमाडौं उपत्यकाका बालबालिकालाई कोभिडविरुद्धको खोप
मेरोन्यूज
२०७८ पुष २७ गते ८:३०
काठमाडौँ । काठमाडौँ उपत्यकाका विद्यालय उमेर समूहका बालबालिकालाई आजदेखि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइँदै छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई विद्यालयमा खोप लगाइने भएको हो ।
सरकारले आजबाटै लागू हुने गरी आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरिसकेको छ । यही अवधिमा उमेर समूहका बालबालिकालाई खोप लगाउने सरकारी लक्ष्य छ ।
जसअनुसार पहिलो चरणमा उपत्यकाका विद्यालयमा खोप अभियान सुरु हुन लागेको हो ।
बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने मन्त्रालयले जनाएको छ । खोप लगाउन बालबालिकालाई उमेर खुल्ने कागजात लिई तोकिएका खोप केन्द्रमा जान मन्त्रालयले आग्रह गरेको छ ।
सम्बन्धित















नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया