काठमाडौं उपत्यकाका बालबालिकालाई कोभिडविरुद्धको खोप
मेरोन्यूज
२०७८ पुष २७ गते ८:३०
काठमाडौँ । काठमाडौँ उपत्यकाका विद्यालय उमेर समूहका बालबालिकालाई आजदेखि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइँदै छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई विद्यालयमा खोप लगाइने भएको हो ।
सरकारले आजबाटै लागू हुने गरी आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरिसकेको छ । यही अवधिमा उमेर समूहका बालबालिकालाई खोप लगाउने सरकारी लक्ष्य छ ।
जसअनुसार पहिलो चरणमा उपत्यकाका विद्यालयमा खोप अभियान सुरु हुन लागेको हो ।
बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने मन्त्रालयले जनाएको छ । खोप लगाउन बालबालिकालाई उमेर खुल्ने कागजात लिई तोकिएका खोप केन्द्रमा जान मन्त्रालयले आग्रह गरेको छ ।
सम्बन्धित
















त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
देशभरका यी नौ जिल्ला डढेलोको उच्च जोखिममा
‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै
‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत
दुई हजार एक सय जना एमालेमा प्रवेश
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
प्रतिक्रिया