‘जी ले जरा’मा कटरीनाको अपोजिट विकी

एजेन्सी/ काठमाडौं । एक्सल इन्टरटेनमेन्ट र टाइगर बेबीले निर्माण गर्ने फिल्म ‘जी ले जरा’मा अभिनेता विकी कौशल जोडिने भएका छन् । फरहान अख्तरको निर्देशन रहने यात्राको कथा समेटिने फिल्ममा यसअघि अभिनेत्रीहरुमा प्रियंका चोपडा जोनास, कटरीना कैफ र आलिया भट्ट फाइनल भइसकेका छन् ।
फिल्ममा फरहानले पनि अभिनय गर्नेछन् । फरहान र टिमले अभिनेता विकीलाई अभिनयको प्रस्ताव गरेका छन् । ‘विकी कौशललाई फिल्ममा कटरीना कैफको अपोजिटमा कास्ट गर्ने योजना बनाइएको छ । त्यसका लागि उनीहरुले विकीलाई प्रस्ताव पनि लाँदैछन् । यदि विकीले अभिनयको लागि स्वीकृति दिए भने विकी र कटरीना विवाह पछि पहिलोपटक एकसाथ यो फिल्ममा रोमान्स गर्नेछन् । जसकारण फिल्मको प्रमोसन गर्न सजिलो हुनेछ’, फिल्म निकट स्रोतले भनेको छ ।
फिल्मका लागि अर्को पनि एक अभिनेताको खोजी भइरहेको छ । फिल्मका प्रमुख पात्रमा तीन महिला हुने भएकाले अभिनेता खोज्न त्यति गाह्रो नपर्ने निर्माण पक्षको बुझाई छ ।
फिल्मको लेखक जोया अख्तर, फरहान अख्तर र रीमा कागती हुन् । यो फिल्ममा पहिलोपटक प्रियंका चोपडा, कटरीना कैफ र आलिया भट्ट स्क्रिन शेयर गर्दैछन् ।
















टेक्सासमा गोली हानाहान : २ जनाको मृत्यु, ३ घाइते
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानी : विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया