सोमबार, पुष ७, २०८२

माघे संक्रान्तिका लागि चाकु उत्पादन र ब्यापार बढ्यो

मेरोन्यूज २०७८ पुष २७ गते १६:४४

काठमाडौं । माघे संक्रान्ति पर्व नजिकिएसँगै काठमाडौंमा चाकु उत्पादन र व्यापारमा तीव्रता आएको छ ।

काठमाडौंको टोखा र ललितपुरको पाटन लगायतका क्षेत्रमा माघे संक्रान्ति पर्व नजिकिएसँगै चाकुको उत्पादन र व्यापार फस्टाउन थालेको हो ।

जाडोमा गर्मी बढाउन अर्थात् शरीरलाई तातो बनाउनका लागि यसको प्रयोग हुने गर्दछ । माघे संक्रान्ति र जाडोयामलाई लक्षित गरेर काठमाडौंका चाकु व्यवासायीहरु चाकु बनाउनमा व्यस्त छन् ।

चाकुको मूल्यमा भने गत वर्षको भन्दा फरक नरहेको पाटनका चाकु उत्पादक कृष्ण महर्जनले बताए ।

उनले अहिले माघे संक्रान्ती नजिकिएकोले पनि धेरै मानिसहरु चाकु किन्न आइरहेको बताए । ज्यानमा फुर्ति, ल्याउन र शरीरलाई तातो बनाइराख्नका लागि चाकुले सहयोग गर्ने उनको भनाइ छ ।

उत्पादक महर्जनले गर्मी महिनाभन्दा जाडो महिनामा चाकुको व्यापार धेरै हुने भएकोले माग अनुसारको उत्पादन गर्न नसकेको बताए ।

प्रतिक्रिया