मधेसी महिलाबाट पहिलो डीआइजी बढुवा गरेकोमा गृहमन्त्रीलाई धन्यवाद
मेरोन्यूज
२०७८ पुष २७ गते १८:१३

काठमाडौँ । मधेसको महिलाबाट पहिलो पटक डिआइजीपीमा पुजा सिंहको बढुवा गरेकोमा सप्तरी जिल्लाबाट आएको प्रतिनिधि मण्डलले गृहमन्त्री बालकृष्ण खाणलाई धन्यवाद दिएको छ ।
मंगलबार गृह मन्त्रालयमा आएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश यादव नेतृत्वको प्रतिनिधि मण्डलले गृहमन्त्री खाँणलाई धन्यवाद दिएको हो ।
‘मधेसी महिला पुजा सिंहलाई डीआइजीपीमा बढुवा गर्नु भएकोमा गृहमन्त्री र सरकारलाई धन्यवाद दिन हामी प्रतिनिधि मण्डल बनाएर आएका हौँ,’ कांग्रेस केन्द्रीय सदस्य यादवले भने, ‘अब हामीले प्रधानमन्त्रीलाई पनि भोलि भेटेर धन्यवाद दिन्छौँ । मधेसी महिलालाई बढुवा गरेर सरकारले उदाहरणीय काम गरेको छ ।’
प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेकी सिंह प्रहरीमा अब्बल मानिन्छिन् ।
उनी प्रजातन्त्र सेनानी केदारप्रसाद सिंहकी आफन्तसमेत हुन् । सिंह एसएसपीमा पनि सिनियर थिइन् ।
सम्बन्धित
















बागमती मन्त्रिपरिषद् बैठकः मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा खनाल
इलाम गोल्डकप : फाइनलमा एनआरटी र मच्छिन्द्र भिड्ने
महान्यायाधिवक्ता कँडेलविरुद्धकाे रिट निवेदनमा ‘कारण देखाउ आदेश’
शेखर गोल्छा पक्राउ
हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न सांसदको माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
यूएईसँगको खेलमा नेपाल पराजित
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
प्रतिक्रिया