मधेसी महिलाबाट पहिलो डीआइजी बढुवा गरेकोमा गृहमन्त्रीलाई धन्यवाद
मेरोन्यूज
२०७८ पुष २७ गते १८:१३

काठमाडौँ । मधेसको महिलाबाट पहिलो पटक डिआइजीपीमा पुजा सिंहको बढुवा गरेकोमा सप्तरी जिल्लाबाट आएको प्रतिनिधि मण्डलले गृहमन्त्री बालकृष्ण खाणलाई धन्यवाद दिएको छ ।
मंगलबार गृह मन्त्रालयमा आएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश यादव नेतृत्वको प्रतिनिधि मण्डलले गृहमन्त्री खाँणलाई धन्यवाद दिएको हो ।
‘मधेसी महिला पुजा सिंहलाई डीआइजीपीमा बढुवा गर्नु भएकोमा गृहमन्त्री र सरकारलाई धन्यवाद दिन हामी प्रतिनिधि मण्डल बनाएर आएका हौँ,’ कांग्रेस केन्द्रीय सदस्य यादवले भने, ‘अब हामीले प्रधानमन्त्रीलाई पनि भोलि भेटेर धन्यवाद दिन्छौँ । मधेसी महिलालाई बढुवा गरेर सरकारले उदाहरणीय काम गरेको छ ।’
प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेकी सिंह प्रहरीमा अब्बल मानिन्छिन् ।
उनी प्रजातन्त्र सेनानी केदारप्रसाद सिंहकी आफन्तसमेत हुन् । सिंह एसएसपीमा पनि सिनियर थिइन् ।
सम्बन्धित













Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
देशभर पश्चिमी वायुको प्रभाव कायमै, काठमाडौँमा बिहानीको तापक्रम ३ डिग्री सेल्सियस
आज नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले शपथ लिँदै
अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
प्रतिक्रिया