काठमाडौंपछि सुदूरपश्चिममा संक्रमण बढी

धनगढी । काठमाडौंपछि सुदूरपश्चिममा कोरोना संक्रमण बढी देखिएको छ ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पुस २२ गते यता सुदूरपश्चिम प्रदेशमा निरन्तर संक्रमण दर बढिरहेको छ ।
पुस २२ गते सुदूरपश्चिममा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पुस ३२ गते १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा पुस २४ गते १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
पुस २५ गते केही घटेको संक्रमण दर २६ गते देखि फेरी उकालो लागेको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पुस २५ गते ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तर, पुस २६ गते संक्रमण दर बढेर १ सय ५९ जनामा संक्रमण पुष्टि भएको थियो ।
यसैगरी पुस २७ गते (मंगलबार) १ सय ९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
भारतमा रहेका नेपालीहरू स्वदेश फर्कन थालेपछि संक्रमणदर बढ्न थालेको हो ।
भारतमा कोरोना संक्रमणदर बढेपछि त्यहाँ कार्यरत नेपाली धमाधम स्वदेश फर्कन थालेका छन्,’ सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले भने, ‘जसका कारण कोरोना संक्रमण दर बढेको देखिन्छ ।’
उनले समुदाय स्तरमा भने कोरोना संक्रमण खासै नदेखिएको बताए । ‘अहिले भारतबाट नेपाल आउने नेपालीको संख्या बढ्नथालेको छ,’ प्रवक्ता कार्कीले भने, ‘उनीहरूको स्वास्थ्य परीक्षण गर्दा संक्रमणदर बढेको देखिन्छ, समुदाय स्तरमा भने संक्रमण फैलिएको पाइएको छैन ।’
उनले भारतबाट आउने नागरिकलाई व्यवस्थित गर्न सके समुदाय स्तरमा फैलिने कोरोना संक्रमण केही हद सम्म रोक्न सकिने बताए ।
‘भारतबाट आएका मध्य सङ्क्रमित भएका व्यक्तिले आइसोलेसनमा बस्ने र स्वास्थ्य व्यक्तिले स्वस्फुर्तरुपमा १० दिन सम्म क्वारेन्टिनमा बस्ने गरिदिए समुदाय स्तरमा संक्रमण फैलनबाट रोक्न सकिन्थ्यो,’ उनले भने, ‘तर क्वारेन्टिनको पालना खासै भएको पाइँदैन, यो चिन्ताको विषय बनेको छ ।’
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिचममा मंगलबार थपिएका कोरोना संक्रमितसँगै कोरोना संक्रमण पुष्टि हुनेको कुल सङ्ख्या ४९ हजार २ सय २५ पुगेको छ ।
निर्देशनालयका अनुसार मंगलबार प्रदेशबाट ५३ जना कोरोना मुक्त भएका छन् । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या ४८ हजार ५२ पुगेको छ ।
सुदूरपश्चिममा मंगलबार सम्म कोरोना संक्रमणका कारण ६ सय १४ जनाको मृत्यु भएको छ । मंगलबार भने कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ । सुदूरपश्चिममा मंगलबार २ सय ९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
















माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया