आइतबार, पुष ६, २०८२

एमाले सुर्खेतको अध्यक्षमा बिसी विजयी

मेरोन्यूज २०७८ पुष २८ गते ९:४८

काठमाडौँ । नेकपा एमाले सुर्खेत जिल्ला कमिटी अध्यक्षमा अमृत बिसी निर्वाचित भएका छन् । आज बिहान सम्पन्न पदाधिकारीतर्फको मत गणनामा प्रतिस्पर्धी डण्डीप्रसाद शर्मालाई १०१ मतान्तरले पराजित गर्दै बिसी निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका अनुसार खसेको ६४९ कूल मतमध्ये बिसीले ३६८ र शर्माले २६७ मत प्राप्त गरेका हुन् । उपाध्यक्षमा कुलमणि देवकोटा, सचिवमा कविन्द्रकुमार केसी, उपसचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली विजयी भएको निर्वाचन समितिका सदस्य रामबाबु बिसीले जानकारी दिए ।

प्रतिक्रिया