नेपालमा कुल जनसंख्याको ५०.२ प्रतिशतले लगाए कोरोना विरुद्धको खोप
मेरोन्यूज
२०७८ पुष २८ गते १३:३७

काठमाडौं । नेपालमा करिब आधा जनसंख्याले कोरोना खोपको पहिलो डोज लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १ करोड ५२ लाख ४९ हजार १ सय २९ जनाले पहिलो डोज लगाएका छन्। त्यो भनेको कुल जनसंख्याको ५०.२ प्रतिशत हो।
१ करोड १३ लाख ३६ हजार ५ सय ३८ जना अर्थात कुल जनसंख्याको ३७.३ले दुबै डोज लगाएका छन्। लक्षित जनसंख्यामा भने ७६.५ प्रतिशतले पहिलो डोज लगाएका छन्। नेपालमा हालसम्म ३ करोड ९२ लाख ३ हजार ९ सय २७ डोज खोप भित्रिएको मन्त्रालयकै तथ्याकंले देखाउँछ।
सरकारले खोप अभियान सुरू गर्दा १८ वर्षमाथि उमेर भएकाहरूलाई लक्षित जनसंख्यामा राखेको थियो। केन्द्रीय तथ्यांक विभाग अनुसार नेपालमा १८ वर्षमाथिका जनसंख्या १ करोड ९९ लाख २२ हजार १ सय ६४ रहेको छ।
मन्त्रालयकै तथ्यांक अनुसार नेपालमा हालसम्म ३ करोड ९२ लाख ३ हजार ९ सय २७ डोज खोप भित्रिएको छ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
प्रतिक्रिया