नेपालमा कुल जनसंख्याको ५०.२ प्रतिशतले लगाए कोरोना विरुद्धको खोप
मेरोन्यूज
२०७८ पुष २८ गते १३:३७

काठमाडौं । नेपालमा करिब आधा जनसंख्याले कोरोना खोपको पहिलो डोज लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १ करोड ५२ लाख ४९ हजार १ सय २९ जनाले पहिलो डोज लगाएका छन्। त्यो भनेको कुल जनसंख्याको ५०.२ प्रतिशत हो।
१ करोड १३ लाख ३६ हजार ५ सय ३८ जना अर्थात कुल जनसंख्याको ३७.३ले दुबै डोज लगाएका छन्। लक्षित जनसंख्यामा भने ७६.५ प्रतिशतले पहिलो डोज लगाएका छन्। नेपालमा हालसम्म ३ करोड ९२ लाख ३ हजार ९ सय २७ डोज खोप भित्रिएको मन्त्रालयकै तथ्याकंले देखाउँछ।
सरकारले खोप अभियान सुरू गर्दा १८ वर्षमाथि उमेर भएकाहरूलाई लक्षित जनसंख्यामा राखेको थियो। केन्द्रीय तथ्यांक विभाग अनुसार नेपालमा १८ वर्षमाथिका जनसंख्या १ करोड ९९ लाख २२ हजार १ सय ६४ रहेको छ।
मन्त्रालयकै तथ्यांक अनुसार नेपालमा हालसम्म ३ करोड ९२ लाख ३ हजार ९ सय २७ डोज खोप भित्रिएको छ।
सम्बन्धित
















कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै
राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
देशभरका यी नौ जिल्ला डढेलोको उच्च जोखिममा
‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
प्रतिक्रिया