मलाइकासँग दूरी बढाउँदै अर्जुन कपूर

काठमाडौं । बलिउड अभिनेता अनिल कपुर र अभिनेत्री मलाइका अरोडा बलिउडमा चर्चामा आइरहने जोडी हुन् । यो जोडीले बेला बेलामा आफूहरूबीचको सम्बन्धका बारेमा सार्वजनिक कुरा गरिरहन्छन् । तर, अहिले यो जोडी बीच दुरी बढ्दै गएको छ । उनीहरूनिकट स्रोतका अनुसार उनीहरू आफ्नो सम्बन्धलाई टुंग्याउने मनस्थितिमा पुगेका छन् ।
मलाइका ६ दिनयता घरबाट बाहिर निस्किएकी छैनन् । उनी पूर्ण रुपमा आइसोलेसनमा छिन् । उनी दुःखी छिन् र केही समयका लागि बाहिरी दुनियाँबाट टाढा रहन चाहन्छिन् । अर्जुन पनि मलाइकालाई भेट्न उनको घर गएका छैनन् ।
अर्जुन तीन दिनअघि मात्र बहिनी रिहा कपुरको घर डिनरका लागि पुगेका थिए । जबकी रिहा मलाइकाको छिमेकी हुन् । डिनरपछि पनि अर्जुन मलाइकालाई भेट्न गएनन् । अक्सर डिनर भेटमा मलाइका रिहासँग भेट्न जाने गर्थिन् । ‘उनीहरूले कफी डेट र डिनर डेटलाई अहिले रोकेका छन् । त्यसकारण पनि उनीहरूबीच केही खटपट छ भन्ने प्रष्ट हुन्छ,’ उनीहरू निकट स्रोतको दाबी छ । एजेन्सीको सहयोगमा
















वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले
इरानको एक सपिङ सेन्टरमा आगलागी हुँदा ८ जनाको मृत्यु
हतियार देखाएर सुनचाँदी पसल लुट्न खोज्ने २ जना पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया