धेरै ‘बुस्टर डोज’ दिँदा रोग प्रतिरोधी क्षमतामा असर पर्नसक्ने
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)विरुद्ध दिइने लगातारको बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने युरोपेली संघअन्तर्गतको स्वास्थ्यसम्बन्धी नियामक निकायले चेतावनी दिएको छ ।
“हरेक चार महिना बारम्बार दिइने बुस्टर डोजले रोग प्रतिरोध प्रणालीलाई कमजोर बनाउँछ,” युरोपेली मेडिकल नियामक निकायले भनेको छ । उक्त संस्थाले लामो समयको अन्तर पारेर बुस्टर डोज दिन पनि सम्बन्धित मूलुकहरूलाई अनुरोध गरेको छ ।
ओमिक्रोनका कारण संक्रमितको संख्या बढेपछि विभिन्न देशहरूले दोस्रो बुस्टर डोज दिने तयारी गरिरहेकै बेला युरोपेली युनियनको सुझाव सार्वजनिक भएको हो ।
यसै महिनाको सुरुमा इजरायलले ६० वर्षमाथिका वृद्धवृद्धालाई दोस्रो बुस्टर डोज दिने तयारी गरेका छन् । बेलायतले पनि कोभिडबाट नागरिकको रक्षार्थ दोसो बुस्टर डोज दिने तयारी गरेको छ ।
अमेरिका, फ्रान्सलगायतका देशमा पनि दोस्रो बुस्टर डोजबारे आवाज बढेको छ । युरोपपछि अहिले अमेरिकामा संक्रमितको संख्या तीव्र बढेको छ । सङ्क्रमित बढे पनि तत्काल प्रतिबन्धात्मक व्यवस्था भने लागू गरिएका छैनन् ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया