नर्भिकमा पनि अब कोभिड-१९ खोपकेन्द्र

काठमाडौं । निजी क्षेत्रका अस्पतालहरुले पनि कोभिड-१९ विरुद्धको खोपकेन्द्र संचालन गर्नसक्ने सरकारको निर्णय कार्यान्वयनमा ल्याउँदै नर्भिक इन्टरनेशनल हस्पिटलले पनि पुस २९ गते(बिहीबार)देखि खोप केन्द्र संचालन गर्ने भएको छ ।
काठमाण्डौको थापाथलीस्थित नर्भिक अस्पतालले बिहीबारदेखि कोभिड-१९ विरुद्धको खोप अभियानलाई सहयोग गर्न खोपकेन्द्र संचालन गर्ने भएको हो ।
सरकारी स्वास्थ्य संस्थाहरुको सहकार्यमा खोपकेन्द्र संचालन गर्न लागिएको हो । स्वास्थ्यमन्त्रालयले तोकेको उमेर समूह र लक्षित वर्गका लागि दैनिक रुपमा खोपकेन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।
साबिकको ज्वरो क्लिनिक परिसरमा व्यवस्थित ढंगले खोप अभियान संचालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको मिश्रले बताए ।
उनकाअनुसार स्वास्थ्य मापदण्डहरुको पूर्ण पालना हुने गरी व्यवस्थित ढंगले खोप अभियान संचालन हुनेछ ।
नर्भिकमा हाल कोभिशिल्ड र भेरोसेल गरी दुई खालका खोप उपलब्ध हुनेछन् । सर्वसाधारणले नर्भिकको खोप केन्द्रमा आएर सुरक्षित ढंगले खोप लगाउनसक्नेछन् ।
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया