सोमबार, पुष ७, २०८२

आइएमई फाउन्डेसनद्वारा छात्रवृत्ति आह्वान

मेरोन्यूज २०७८ पुष २९ गते ११:११

काठमाडौँ । सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ जीएमई कोरियाको सहकार्यमा आइएमई फाउन्डेसनले कोरियास्थित जुनसुकै विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङ्ग विषयमा स्नाकोत्तर ( Masters in software Engineering) अध्ययनका लागि छात्रवृत्ति आह्वान गरेको छ । माघ २९ गतेसम्म इच्छुक व्यक्तिहरूले आफ्नो व्यक्तिगत विवरण (बायोडाटा) सहित छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।

जम्मा दुई (२) जनालाई प्रदान गरिने उक्त छात्रवृत्ति अन्तर्गत प्रतिव्यक्ति वार्षिक १० हजार अमेरिकन डलरका दरले छात्रवृत्ति रकम प्रदान गरिनेछ । सफ्टवेयर इन्जिनियरिङ्ग विषयमा कम्तिमा स्नातक उतीर्ण इच्छुक जो कोहिले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् । कोरियामा अध्ययनरत रहँदा जीएमई कोरियामा स-शूल्क इन्टर्नसीपको अवसर प्राप्त हुनेछ भने अध्ययनको समाप्तिपछि कम्तीमा दूई वर्ष जीएमई कोरियामा पूर्णकालिन आवद्व हुनुपर्नेछ ।

यसका अतिरिक्त कोरियामा स्नाकोत्तर अध्ययन गर्ने छात्र/ छात्राहरूलाई प्राध्यापकहरूसँग ल्याबमा काम गर्ने अवसर समेत प्राप्त हुने सम्भावना रहने आइएमई फाउन्डेसनले जनाएको छ ।

रितपूर्वक प्राप्त हुन आएका आवेदकहरू मध्येबाट छनोटमा परेकालाई अन्तर्वार्ताको अवसर प्रदान गरिन र छनोटमा परेका छात्र/छात्राहरुले सम्बन्धित निकायबाट लिनुपर्ने इजाजत स्वयम् आफैँ लिनुपर्ने उल्लेख छ । पढाईमा अब्बल, नेतृत्व क्षमता एवम् अतिरिक्त क्रियाकलापमा विशेष रूचि राख्ने आवेदकलाई उच्च प्राथमिकता दिइने फउन्डेसनले जनाएको छ ।

छात्रवृत्तिसँग सम्बन्धित संघ÷संस्थाहरूबाट कम्तीमा एक-एक जनाको प्रतिनिधित्व हुनेगरी कम्तीमा पाँच सदस्यीय छात्रवृत्ति छनोट समिति गठन गरिने र यस सम्बन्धि अन्तिम निर्णय गर्ने अधिकार सोहि समितिमा निहित हुने बताईएको छ ।


आवेदनका लागिआइएमई फाउन्डेसन आइएमई कम्प्लेक्स पहिलो तल्ला पानीपोखरी, काठमाडौँ सम्पर्क नम्बर ः ०१-४२१७६०० एक्सटेन्सन २५७ / ९८०१०७८४०३ इमेल ठेगाना : foundation@imegroup.com.np मा आवेदन दिन सकिने कार्यक्रम संयोजक राजु पौडेलले जानकारी दिए ।

प्रतिक्रिया