आइएमई फाउन्डेसनद्वारा छात्रवृत्ति आह्वान

काठमाडौँ । सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ जीएमई कोरियाको सहकार्यमा आइएमई फाउन्डेसनले कोरियास्थित जुनसुकै विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङ्ग विषयमा स्नाकोत्तर ( Masters in software Engineering) अध्ययनका लागि छात्रवृत्ति आह्वान गरेको छ । माघ २९ गतेसम्म इच्छुक व्यक्तिहरूले आफ्नो व्यक्तिगत विवरण (बायोडाटा) सहित छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।
जम्मा दुई (२) जनालाई प्रदान गरिने उक्त छात्रवृत्ति अन्तर्गत प्रतिव्यक्ति वार्षिक १० हजार अमेरिकन डलरका दरले छात्रवृत्ति रकम प्रदान गरिनेछ । सफ्टवेयर इन्जिनियरिङ्ग विषयमा कम्तिमा स्नातक उतीर्ण इच्छुक जो कोहिले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् । कोरियामा अध्ययनरत रहँदा जीएमई कोरियामा स-शूल्क इन्टर्नसीपको अवसर प्राप्त हुनेछ भने अध्ययनको समाप्तिपछि कम्तीमा दूई वर्ष जीएमई कोरियामा पूर्णकालिन आवद्व हुनुपर्नेछ ।
यसका अतिरिक्त कोरियामा स्नाकोत्तर अध्ययन गर्ने छात्र/ छात्राहरूलाई प्राध्यापकहरूसँग ल्याबमा काम गर्ने अवसर समेत प्राप्त हुने सम्भावना रहने आइएमई फाउन्डेसनले जनाएको छ ।
रितपूर्वक प्राप्त हुन आएका आवेदकहरू मध्येबाट छनोटमा परेकालाई अन्तर्वार्ताको अवसर प्रदान गरिन र छनोटमा परेका छात्र/छात्राहरुले सम्बन्धित निकायबाट लिनुपर्ने इजाजत स्वयम् आफैँ लिनुपर्ने उल्लेख छ । पढाईमा अब्बल, नेतृत्व क्षमता एवम् अतिरिक्त क्रियाकलापमा विशेष रूचि राख्ने आवेदकलाई उच्च प्राथमिकता दिइने फउन्डेसनले जनाएको छ ।
छात्रवृत्तिसँग सम्बन्धित संघ÷संस्थाहरूबाट कम्तीमा एक-एक जनाको प्रतिनिधित्व हुनेगरी कम्तीमा पाँच सदस्यीय छात्रवृत्ति छनोट समिति गठन गरिने र यस सम्बन्धि अन्तिम निर्णय गर्ने अधिकार सोहि समितिमा निहित हुने बताईएको छ ।
आवेदनका लागिआइएमई फाउन्डेसन आइएमई कम्प्लेक्स पहिलो तल्ला पानीपोखरी, काठमाडौँ सम्पर्क नम्बर ः ०१-४२१७६०० एक्सटेन्सन २५७ / ९८०१०७८४०३ इमेल ठेगाना : foundation@imegroup.com.np मा आवेदन दिन सकिने कार्यक्रम संयोजक राजु पौडेलले जानकारी दिए ।

















उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
सुदूरपश्चिममा ३८ दशमलव ४ प्रतिशत मतदान
दिउँसो २ बजेसम्म ३३ प्रतिशत मतदान
परिवर्तनको आशा बोकेर मतदान
एमाले नेता पोखरेलले गरे मतदान
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
प्रतिक्रिया