आफ्नै खर्चमा कराँते खेल्न कर्णालीका खेलाडीले ल्याए स्वर्ण

काठमाडौँ । बंगलादेशमा आयोजित अन्तर्राष्ट्रिय आमन्त्रण कराँते प्रतियोगितामा कर्णाली प्रदेशका खेलाडीले दुई स्वर्ण पदक जितेका छन् । बंगलादेश गोजुरियो कराँते डो संघको आयोजनामा २६ देखि २९ डिसेम्बरसम्म चलेको बिजी अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा सहभागि कर्णालीका खेलाडीले दुई स्वर्ण र दुई काँस्य पदक जितेका हुन् ।
प्रतियोगितामा सुर्खेतका प्रकाश खड्काले एकल कातामा स्वर्ण र ७५ केजी कुमितेमा काँस्य पदक जितेका थिए । यस्तै, दैलेखका हिक्मत रोका मगरले ६५ केजी। कुमितेमा एक स्वर्ण र सुर्खेतका सन्दीप महतले ७० केजी। कुमितेमा काँस्य पदक जितेका थिए ।
निजी खर्चमा बंगलादेश पुगेका सुर्खेतका दुई र दैलेखका एक खेलाडीले पदक जितेर फर्केको जिल्ला खेलकुद विकास समिति सुर्खेतले जनाएको छ । जिल्ला गोजुरियो कराँते संघ सुर्खेतले बुधबार विजेता खेलाडीहरूलाई सम्मान गरेको छ । सो अवसरमा सरोकारवाला निकायसँग कर्णालीका खेडालीको उनीहरूको खर्चसिहतका विषयमा ध्यानाकर्षण गराइने खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्रकुमार गिरीले बताए ।
नेपाल कराँते महासंघ कर्णाली प्रदेशका टेक्निकल कमिटीका अध्यक्ष प्रदीपकुमार राईले आफ्नै खर्चबाट पदक जितेर राष्ट्रको शान र कर्णालीको गौरव बढाएकोमा खेलाडीलाई बधाई दिँदै यसमा प्रदेश सरकार पनि जिम्मेवार भएर लाग्नुपर्ने बताए ।









टस जितेर जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा
नेपालगञ्जमा अतिक्रमित घर टहरा हटाउन सुरु
एनपीएलमा सुदूरपश्चिमको लगातार चौथो जित
भ्रष्टाचारसम्बन्धी तीन मुद्दामा शेख हसिनालाई २१ वर्षको जेल सजाय
इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया