‘ए’ डिभिजन लिगः सातदोबाटोद्वारा मनाङ पराजित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको शुक्रबार भएको दोस्रो खेलमा उपाधि दाबेदार मनाङ मस्र्याङदी क्लव सातदोबाटो युथ क्लवसँग पराजित भएको छ ।
सातदोबाटो यूथ क्लबसँग अप्रत्याशित २–१ ले स्तब्ध भएसँगै मनाङको ‘ए’ डिभिजन लिगमा शीर्ष स्थानमा उक्लिने अवसरसँगै उपाधि यात्रामा चुनौति थपिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको दोस्रो खेलमा पराजित भएसँगै मनाङ संकटमा परेको हो ।
खेलको पहिलो हाफमै सातदोबाटोले २–० को अग्रता लिएको थियो । ११औं मिनेटमा मार्टिन एडेल्फे सिलोले गरेको गोलमा सातदोबाटोले अग्रता लिएको थियो ।
३८औं मिनेटमा प्रशान्त अवस्थीको क्रसमा अनमार्क रहेका मार्टिन्स अजयीले हेडरमार्फत सातदोबाटोको अग्रता दोब्बर पारेका थिए ।
५६औं मिनेटमा आफिज ओलाओलेले गोल गर्दै मनाङलाई खेलमा फर्काउने संकेत गरेका थिए । सातदोबाटोका रक्षकले क्लियर गर्न नसकेको बललाई ओलाओलेले पोस्टको दिशा दिएका थिए ।
यसपछि पनि दुवै टोलीले गोलको अवसर सदुपयोग गर्न सकेनन् । ६९औं मिनेटमा दीपकराज सिंह ठकुरीको प्रहार मनाङका गोलकिपर विशाल सुनारले विफल पार्दा सातदोबाटोले अग्रता बढाउने अवसर खेर फालेको थियो ।
७३औं मिनेटमा निशान लिम्बुको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले सहजै नियन्त्रणमा लिँदा मनाङले खेलमा फर्कने अवसर गुमायो ।
जारी लिगमा आफिजको यो छैटौँ गोल हो र उनी सर्वाधिक गोलकर्ताको सुचीको अग्रस्थानमा छन् । सातदोबाटोका अजयी र मछिन्द्रका सुनिल बलको समान समान ५ गोल रहेको छ ।
लिगमा उत्कृष्ट सुरुआतका बाबजुद पछिल्लो खेलमा लय गुमाएको सातदोबाटो अन्ततः जितको लयमा फर्किएको हो । यसअघि सातदोबाटोले दोस्रो चरणमा थ्री स्टार क्लबलाई हराएको थियो ।
पराजित भएसँगै मनाङ ९ खेलमा १९ अंकसहित तालिकाको दोस्रो स्थानमा यथावत् छ । ८ खेल खेलेको मच्छिन्द्र २० अंकका साथ शीर्ष स्थानमा छ ।
सातदोबाटो ९ खेलमा १२ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ । शुक्रबार सम्पन्न पहिलो खेलमा विभागीय एपीएफले हिमालयन शेर्पालाई १–० ले हराएको थियो । शनिबार लिगमा दुई खेल हुनेछन् ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया