शुक्रबार, पुष १८, २०८२

लिम्बु समुदायले कक्फेक्वा तङनाम मनाइँदै

मेरोन्यूज २०७८ माघ १ गते ९:२५

काठमाडौँ । पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायले आज कक्फेक्वा तङनाम अर्थात (माघे संंक्रान्ती) मनाइँदै छ । लिम्बु समुदायको कक्फेक्वा तङनाम तथा माघे संक्रान्ती पर्व धुमधामका साथ लिम्बूले मनाइरहेका हुन् ।

आज नयाँ सम्वतको रुपमा मनाइने येले तङवे अर्थात (नयाँ वर्ष) सुरुवात हुन्छ । चाँप, पैयुँ लगायतका वनस्पती फुलेपछि वसन्त सुरुको आगमनको संकेत गर्छ ।

यो दिनलाई लिम्बु समुदायले माछा मासुभन्दा पनि कन्दमुल खाएर मनाउने प्रचलन रहँदै आएको आदिवासी जनजाति संंघका कन्द्रीय अध्यक्ष टीआर सेनेहाङले बताए ।

तेह्रथुम, धनकुटा, संखुवासभा, ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी लगायत राजधानी तथा विभिन्न मुलुकमा बसोबास गर्दै आएका छन् ।

प्रतिक्रिया