पनौतीको मकर मेला स्थगित, देवघाटमा घुइँचो

काठमाडौँ । केही दिनयता कोरोना संक्रमण उच्च भएपछि हरेक १२ वर्षमा लाग्ने काभ्रेको पनौतिस्थित मकर मेला एक साताअघि नै स्थगित भयो ।
१२ वर्षे मेला स्थगित गरिएपछि पनौति शनिवार माघे संक्रान्तिमा सुनसान देखिन्थ्यो । तर यता चितवन र तनहुँको संगमस्थल देवघाटधाममा भने शनिवार विहान स्नान गर्नेको उत्तिकै भीँड लाग्यो ।
आज माघ १ अर्थात् माघे संक्रान्ति । माघे सक्रान्तिका दिन विहानै नदीहरुमा स्नान गर्ने धार्मिक प्रचलन रहिआएको छ । देवघाटधाममा बिहान स्नान गर्नेको भीँड लागे पनि दिउँसो भने त्यत्तिको भीँड थिए ।
कोरोनाको संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले माघे संक्रान्तिमा देवघाट जाने भक्तजनका प्रवेशमा रोक लगाएको थियो । प्रशासनको निर्देशनको वेवास्ता गर्दे भक्तजनको भीँड लागेको थियो ।
दिउँसो दाहसंस्कार गर्न आउनेको केही समूह मात्रै देखिएका छन् ।
यस्तै, थारु समुदायले माघे संक्रान्तिलाई नयाँ वर्षका रुपमा मनाउने गर्दछन् । यो समुदाय स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गर्दै आएका छन् ।
सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने संक्रान्ति भएकाले आजका दिनलाई मकर संक्रान्ति पनि भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । धार्मिक मान्यताहरुका अनुसार उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ ।
आजको दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाने गरिन्छ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ ।
यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।













बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित
स्विट्जरल्याण्डको एक रिसोर्ट बारमा आगलागी हुँदा करिब ४० जनाको मृत्यु
चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द
नेपाल विद्युत् प्राधिकरणले माग्यो विभिन्न पदमा २६० भन्दा बढी कर्मचारी
परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको शुभकामना
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
प्रतिक्रिया