योगेश भट्टराईको बालुवाटार इन्ट्रीः खुट्टामा मास्क, मुखमा खाली !

काठमाडौं । नेकपा एमालेले कोभिड १९ को संक्रमण बढ्दै जाँदा पनि सरकारले रोकथामको पहल नगरेको भन्दै शनिवार ज्ञापनपत्र बुझाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर नेकपा एमालेका सुभाष नेम्वाङ, योगेश भट्टराई लगायतका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाए ।
पछिल्लो समय राजनीतिक दलका नेताहरुबाटै कोरोना संक्रमण फैलिएको छ । नेकपा (माओवादी केन्द्र)को महाधिवेशनबाट कोरोना तीब्र फैलिएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ लगायत पार्टी सचिवालयका सबैजसो सदस्यलाई कोरोना देखियो ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालदेखि एमाले नेता विष्णु पौडेललाई पनि शनिवार कोरोना संक्रमण देखियो ।
कोरोना फैलिँदैजाँदा यसको नियन्त्रण प्रयास नभएको भन्दै ज्ञापनपत्र बुझाउन गएका एमाले नेता योगेश भट्टराई आफैले मुखमा मास्कसमेत लगाएका थिएनन् ।
खुट्टामा जुत्ताबाहिर प्लाष्टिक बेरेका भट्टराईले न हातमा पञ्जा लगाएका थिए, न मुखमा मास्क नै । उनीसँगै रहेका एमाले नेता सुभाष नेम्वाङ भने सुरक्षित भई उपस्थित भएका थिए ।
प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका नेम्वाङ्को मुखमा मास्क मात्र नभई हातमा सर्जिकल ग्लोब्समेत लगाएका थिए ।
कोरोना संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री निवास बालुवाटारमा कसैलाई पनि मास्क नलगाएर प्रवेश गर्न दिइँदैन । तर एमाले नेता भट्टराईले भने बेवास्ता गर्दै प्रधानमन्त्री देउवालाई भेट्न पुगेका थिए ।
एमाले नेम्वाङको नेतृत्वमा आएको एमाले प्रतिनिधि मण्डलले प्रधानमन्त्री देउवालाई शनिवार कोभिड रोकथाम र उपचारकाबारेमा ज्ञापनपत्र बुझाएको थियो ।















ट्रम्पले भने – इरानी आक्रमणबीच तीन अमेरिकी युद्धपोतले सफलतापूर्वक होर्मुज जलमार्ग पार गरे
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
आज (शुक्रबार) का लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया