बुधबार, वैशाख २३, २०८३

सुर्खेतमा आजरातीदेखि लकडाउन

मेरोन्यूज २०७८ माघ १ गते १८:१०

सुर्खेत । सुर्खेतमा शनिबार राती १२ बजेदेखि ‘स्मार्ट लकडाउन’ लागू हुने भएको छ । सुर्खेत प्रशासनले एक सूचना जारी गर्दै सो कुराको जानकारी गराएको हो ।

Advertisement
NiccNicc

कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गरी रोकथाम नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस एवम् गृह मन्त्रालयको निर्णय संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी शनिबार राती १२ बजेदेखि अर्को सूचना जारी नभएसम्म ‘स्मार्ट लकडाउन’ को घोषणा गरिएको हो ।

आदेशअनुसार २५ जनाभन्दा बढी भेला हुन नपाइने, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुपर्ने, सार्वजनिक स्थलमा जाँदा तथा सेवा लिँदा माघ ७ देखि खोप कार्ड देखाउनु पर्नेछ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार खोप कार्ड मोबाइलमा फोटो भएपनि मान्य हुनेछ भने आवश्यक कार्यक्रम सञ्चालन गर्नुपरे प्रशासनको अनुमति लिनुपर्नेछ ।

यस्तै, माघ १५ गते सम्म सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्नुपर्ने, विद्यालय र शैक्षिक संस्थाको परीक्षा भने सुरक्षाका मापदण्डहरु पालना गरी गर्न सकिने छ ।

आदेशमा तोकिएअनुसार नियमको पालना नगरेको पाइएमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने रिजालले जानकारी दिए ।

सार्वजनिक सवारीको सन्दर्भमा स्वीकृत सीट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ भने सबै यात्रुहरुले मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने भनिएको छ ।

मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउने र अनिवार्य रुपमा सवारी साधन दैनिक स्यानिटाइजर गर्नुपर्नेछ ।

कोरोना कालको अबस्थामा औषधि लगायत अत्यावश्यक वस्तु तथा सेवाको आपुर्तिमा कृतिम अभाव सृजना गर्ने, मुल्य वृद्धि गर्ने, लुकाउने, सहज आपूर्तिमा अवरोध गरे कानुन बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

प्रतिक्रिया