‘ए’ डिभिजन लिगः थ्रीस्टार विजयी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग शनिवार भएको दोस्रो खेलमा थ्रीस्टार क्लव विजयी भएको छ ।
वैकल्पिक खेलाडी विजय भुजेलले अन्तिम समयमा गरेको निर्णायक गोलमा थ्री स्टार क्लब विजयी हुँदै सहिद स्मारक लिगको चौथो स्थानमा उक्लिएको छ ।
खेलको ९० मिनेटको इन्जुरी समयमा विजयले गोल गर्दा संकटाको अपराजित यात्रा समेत टुंगिएको छ ।
विजयले राफेल रिमको पासमा सदुपयोग गरे । जितसँगै थ्रीस्टारको ९ खेलबाट १६ अंक बनाउदै शीर्ष चारमा उक्लियो । संकटा भने १४ अंकसहित पाचौं स्थानमा झरेको छ ।
यसअघि दुबै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।
चौथो मिनेटमा थ्री स्टारले अग्रता लिने अवसर गुमाएको थियो । डिफेन्डर निशान खड्काले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार सिधै संकटाका गोलकिपर राजाबाबु थापाको हातमा परेको थियो ।
थ्री स्टारका घनेफोले छैठौं मिनेटमा पेनाल्टी एरिया भित्रबाट गरेको प्रहारमा संकटाका कप्तान रवि सिलवाल बाधक बने । सातौं मिनेटमा संकटाका फरवार्ड फोडे फोफानाले पेनाल्टी एरियाबाट गरेको प्रहार स्टारका गोलकिपर प्रिसोले बचाए ।
त्यसको एक मिनेट नबित्दै लक्ष्मण रुचालले ६ यार्ड बक्स अगाडीबाट गरेको प्रहार क्रसबारमाथिबाट बाहिरिएको थियो । २२औं मिनेटमा राफाएल रिमले फ्रिकिममार्फत गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।
३४औं मिनेटमा लक्ष्मण रुचालको पासमा ओलुवासोगो ग्लोरीले ६ यार्ड बक्स अगाडिबाट गरेको प्रहार प्रिसोले उत्कृष्ट बचाउ गरेका थिए ।
आइतबार लिगमा दुई खेल हुनेछ ।


















अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा
कांग्रेसले पूर्णबहादुरलाई सोधेको स्पष्टीकरण फिर्ता लिने
सामसङको ‘सपनादेखि सम्भावनासम्म’ योजना सार्वजनिक
वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
अमेरिकाको लुइसियानामा एक व्यक्तिद्वारा आठ बालबालिकाको गोली हानी हत्या
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया